• विनोद गुप्ता
पञ्चायतकालमा बढ्दो वैदेशिक चलखेलका कारण दबाबमा परेका राजाले २०१३ सालतिर सम्पूर्ण नेपालीलाई बैरभाव त्यागगरी राष्ट्र उत्थानको लागि हातेमालो गर्न आह्वान गरेका थिए । त्यसलाई नेपाली जनमानसले बेलायतमा अध्ययन गरेका राजाको सोच फराकिलो रहेकोले पञ्चायतलाई उदार स्वरूप दिन यस्तो आह्वान भएको भनेर अथ्र्याएको पाइन्छ । सन् १९७२ मा म कामविशेषले दिल्ली जानुपर्ने भयो र यो कुरा त्यस बेलाका महेन्द्र आरोग्य भवनका मेसु डा. पीताम्बर झाले आप्mनो एउटा पत्र काङ्ग्रेसका राज्यसत्ता सदस्य गुणानन्द ठाकुरसम्म पु¥याइदिन अ¥हाएकाले त्यस कार्यको लागि उनको निवासमा भेट्न जाँदा त्यही विपी कोइरालासँग भेट भएकोमा उनले वीरगंज र यहाँका त्यस बेलाका चर्चित काङ्ग्रेसीहरूको हालचालका साथै विशेषगरी त्यस बेला वीरगंजमा वकालत गरिरहेका शङ्कर घिमिरेबारे जानकारी लिइसकेपछि मसँग त्यस बेलाका नेपालका प्रम तुलसी गिरी दिल्लीमा रहेको र इन्दिरा गाँधीबाट भारतमा सङ्कटकाल घोषणा भइसकेकोले नेपालमा कुनै पनि किसिमको उदार कदम नचाल्ने सहमति बनिसकेकोले साथीहरूमार्पmत यो समाचार पु-याइदिन भनेका थिइ । भयो पनि ठीक त्यस्तै । त्यसलगत्तै बीपी र गणेशमानजीले २०३३ पुस १६ गते नेपाल फर्कने निधो गरेका थिए ।
यो निर्णय पछाडि सम्पूर्ण दक्षिण एशियामा त्यस बेला शुरू भइरहेको परिवर्तनको लहर थियो भने भारतमा इन्दिरा गाँधी नेतृत्वको सरकारले नेपाली काङ्ग्रेसका नेताहरू माथि बढाउँदै लगेको अङ्कुश थियो । यो अवस्थामा कि नेपालमा बसेर सशस्त्र विद्रोहको निर्णय लिनुपर्ने वा नेपालमा बसेर राजनीति गर्ने दुर्ई विकल्प मात्र सामुन्ने थियो । दुवैमा मृत्युको भय त थियो तर दोस्रो विकल्पमा अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल हुँदै गएको थियो । सफलताको सम्भावना पनि थियो । त्यसैले विपीले मेलमिलापको नीति रोजेका हुन् ।
उनको यो घोषणापश्चात् २०३३ साल पुस १४ गतेका दिन भारतीय प्रधानमन्त्री इन्दिरा गाँधीको कार्यालयबाट पिएमका एकजना सन्देशवाहक विपीलाई भेट्न आइपुगे र भारतीय प्रधानमन्त्री स्व. इन्दिरा गाँधीको सन्देश सुनाउँदै भने– नेपालमा तपाईंको ज्यानलाई खतरा छ, त्यहाँ जानु राम्रो हुँदैन बरु नेपालको रक्षा र परराष्ट्र हामीले हेर्नेगरी मान्नुभयो भने तपाईंलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउन म्याडम वचनबद्ध हुनुहुन्छ । दूतलाई जवाफ फर्काउँदै विपीले भनेका थिए– हो म मारिन सक्छु तर यहाँ पनि तपाईहरूले स्लो पोइजन दिएर मारि नै राख्नुभएको छ । म आप्mनै देशमा मर्छु । यस घटनाको दुर्ई दिनपछि नै अर्थात् पुस १६ गते उनी नेपाल फर्के । उनलाई जेलमा राखियो । माननीय न्यायाधीश जनकमान श्रेष्ठको विशेष अदालत गठन भयो र त्यस इजलासमा विपीले प्रस्टरूपमा आप्mनो आह्वानबाट प्रेरित भएर प्रजातन्त्र स्थापनाको लागि गरेको हरेक कामको नेपाली काङ्ग्रेसका नेताको हैसियतमा मेरो नैतिक जिम्मेवारी हो भनेर बयान दिएकोमा माननीय न्यायाधीशको इजलासबाट नेपालको कानून अनुसार प्रतिबन्धित रहेको दलको नेता हुँ भनेर नैतिक जिम्मेवारी स्वीकार गर्नुलाई कानूनसम्मत मान्न नमिल्ने आधार देखाउँदै जेलमुक्त गर्ने आदेश भएको थियो । यी दुवै घटनाको अध्ययन मात्रले विपीको व्यक्तित्वलाई देखाउँछ । विपीको नेपाल बसाइकै दौरान जनमत सङ्ग्रह भयो, सुधारिएको पञ्चायत कसरी जित्यो, त्यो सबैलाई थाहा छ र बहुदल हा¥यो । उनले आप्mनो कार्यकर्ताको विरोधको बावजूद हारलाई सहर्ष स्वीकार गरे ।
२०४६ सालमा नेपाली काङ्ग्रेसको नेतृत्वमा दोस्रो जनान्दोलन भयो । सफल भयो, सत्ता प्राप्त भयो, संविधान पनि बन्यो तर २०४९ साल पुग्दापुग्दै काङ्ग्रेस नै ७६ र ३८ मा विभाजित भयो । त्यसपछि शुरू भएको मिलिजुली सरकारको परम्परा आजसम्म चलिरहेको छ । यो मिलिजुली सरकार चलाउने परम्पराले नेपाली राजनीतिमा यति गहिरो जरा गाडेको छ कि डा बाबुराम भट्टराई र डा अमरेशकुमार सिंहको भनाइलाई आधार मान्ने हो भने सत्तापक्ष र विपक्ष दुवैले मिलेर बुढीगण्डकी र पोखरा विमानस्थलमा कमिशन खाएका हुन् ।
यस्तो परम्परा विकसित नभएको भए प्रायः राजनीतिमा सत्तापक्ष जहिले पनि विपक्ष सरकारमा आएको बेला गरेको काम कारबाईमा भ्रष्टाचार खोजेर मुद्दा चलाउने दक्षिण एसियाली देशको परम्पराविपरीत धमिजादेखि सुन प्रकरणसम्म आइपुग्दा फाइल खडा हुने तर मुद्दा नचल्ने परम्पराले कतै न कतै दुवै माननीयहरूको कथनमा सत्यता छ भनेर विश्वास गर्न कर लाग्छ । नैतिक राजनीतिको चरमबिन्दु त के भने एमालेले सत्ता गठबन्धनसँग राष्ट्रियसभामा तीनवटा सिट दिएर टिआरसी विधेयकमा सघाउने विचार राख्न पुगेको छ । यसको अर्थ छ सिट पाए विधेयक नराम्रो भएपनि पास गर्ने र नपाए राम्रो भएपनि सहयोग नगर्ने अर्थ लाग्छ । यो कुन स्तरको राजनीति हो ?
अब नेपालको इतिहासलाई राजनीतिको सेरोफेरोमा राखेर २००७– २०४८ र २०४९ देखि हालसम्मको दुर्ई खण्डमा विभाजित गर्दा पहिलो खण्ड नैतिक राजनीति र दोस्रो खण्ड अनैतिक राजनीतिको रूपमा बुझ्न सकिन्छ । पहिलो कालखण्डमा विपीले मेलमिलाप गरे– राष्ट्रियता जोगाउनस दोस्रो कालखण्डमा पनि मेलमिलापबाट नै राजनीति चलेको छ तर कुर्सी अर्थात सत्ता जोगाउन । दोस्रो कालखण्डमा त झन् राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मेलमिलापसमेत स्वछन्दरूपले चलिरहेको देख्न पाइन्छ । यहाँ अमेरिका, इयु र भारत सबैले आआप्mनो स्वार्थका लागि स्वतन्त्ररूपमा काम गर्न पाइरहेका छन् । के दुवै मेलमिलाप एकैथरीका हुन् ? मेलमिलाप बुझाउने अन्य शब्दहरूमा सहमति, सद्भाव, समन्वय, सहिष्णुता, समझदारी, सम्झौता र सहअस्तित्व पर्छन् । यसमध्ये पहिलो र दोस्रो कालखण्डको मेलमिलापलाई कुन निकटार्थी शब्दले सम्बोधन गर्नु उपयुक्त होला यसमा म अलमलिन पुगेको छु । सम्बन्धित क्षेत्रका विशेषज्ञहरूले मेरो अन्योल हटाइदिने अपेक्षा राख्दछु ।
म व्यवस्थापन विज्ञानको विद्यार्थी भएको नाताले अहिले विश्वमा एलफाइभ नेतृत्व–शैली चलिरहेको मान्दछु । यस शैलीमा नेताको एउटा मात्र गुण हेरिन्छ– असफलताको जिम्मेवारी आपैंm बोक्ने र सफलताको लागि सबैलाई जस दिने । यो नेतृत्व शैली सन् २००० पछि प्रचलनमा आएको हो तर अध्ययन र माननीय जनकमान श्रेष्ठको इजलासमा विपीले दिएको बयानको आधारमा उनी यो नेतृत्व शैली जन्मिनुभन्दा अगाडिदेखि नै प्रयोग गरिरहेका थिए भन्ने बुझिन्छ । शायद त्यसैले विलक्षण भएर पनि उनलाई हामीले पहिचान दिन सकेनौं । नेतृत्वशैलीको यो मापदण्डमा अहिलेका नेताहरू कुन श्रेणीमा पर्छन् हामी सबैले मनन गर्न र त्यसै अनुरूप आगामी दिनमा कदम चाल्न आवश्यक छ ।