नेप्से परिसूचकमा ५४ अङ्कको वृद्धि

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, २ माघ/रासस
यो महीना बैंकहरूले कर्जाको ब्याजदर थप घटाएसँगै शेयर बजारमा उच्च अङ्कको वृद्धि देखिएको छ । मङ्गलवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार १७५ दशमलव १७ को बिन्दुमा कायम भएको छ । आज ३०४ कम्पनीका दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर एक लाख ३३ हजार ६१ पटक खरीद–बिक्री हुँदा रु आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार ४०६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका सबै सूचक तथा उपसूचकहरू हरिया देखिएका छन् । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ३८, फ्लोट इन्डेक्स दुई दशमलव ७२ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ५९ प्रतिशतले बढेका छन् । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै वित्त समूहका उपसूचक चार दशमलव ७५ र लगानी समूहको उपसूचक तीन दशमलव ७० प्रतिशतले बढेका छन् ।

पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी लिमिटेड, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड, हिमालयन पावर पार्टनर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडका शेयर मूल्य १० प्रतिशतले बढेका छन् । आज सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड २०८७ को शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रु २८ करोड ३१ लाख ५५ हजार ८०२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका ११ लाख ५० हजार १३४ कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।