वन समूहका अध्यक्ष थापा पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

जीतलाल श्रेष्ठ, निजगढ, १ माघ/
निजगढ नगरपालिका–२ सिगौंल स्थित श्री वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुुर थापा शनिवार दिउँसो पक्राउ परेका छन् । पक्राउ परेका थापालाई आइतवार बारा जिल्ला अदालतले पाँच दिने म्याद थप गरेको डिवका सिमरा बाराले जनाएको छ ।

सो सामुुदायिक वन समूहको वन क्षेत्र आबादी गराएको आरोपमा २०७३ असार २० गते अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगमा उजूरी परेको थियो । अख्तियारले २०७७ असार ११ गते निर्णयसहित दोषी देखिएका व्यक्तिविरुद्ध कारबाई प्रक्रिया अघि बढाउन डिभिजन वन कार्यालय, बारालाई पटक–पटक निर्देशानात्मक पत्राचार गरेको र सोही क्रममा सतर्कता केन्द्रमा उजूुरी परेसँगै २०७९ पुुस २१ गते आवश्यक कारबाई अघि बढाउन सतर्कता केन्द्रबाट पनि निर्देशनात्मक पत्रचार डिवका बारालाई पठाएको जनाएको छ ।

सोही क्रममा अतिक्रमणमा संलग्न भएका व्यक्तिलाई बारा जिल्ला अदालतले २०८० भदौं १५ गते पक्राउ पूूर्जी जारी गरेपछि अध्यक्ष सिद्धबहादुुर थापालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय बाराका प्रवक्ता एवं वन अधिकृत जवाहरलालप्रसाद कुुर्मीले बताए । सो सामुुदायिक वन उपभोक्ता समूुहको २० हेक्टरभन्दा बढी वनक्षेत्र आबाद गर्दै आएको उजूुरी परेको स्रोतले जनाएको छ ।

यसरी आबाद गरिएको वन क्षेत्रमा श्री नेपाल राष्ट्रिय मावि, श्री लोकप्रिय आधारभूूत विद्यालय, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टाँसी छोइलिङ गुुम्बा, टाँसी धार्गेलिङ बौद्ध गुुम्बा, रुद्रधर महादेव, कृष्णप्रणामी मन्दिर, सरस्वती आधारभूत विद्यालयलगायत बाँकी जमीन भागबन्डा गरी आबाद गर्ने कार्यमा संलग्न तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ, गुुम्बाका अध्यक्ष, मन्दिरका अध्यक्षलगायत २६ जनाविरुद्ध बारा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको स्रोतले जनाएको छ ।

यसरी आबाद गरिएको वन क्षेत्रमा निरन्तर मौसम अनुसार बाली लगाउनुुका साथै केराबाली लगाइँदै आएको छ । यता तत्कालीन माओवादी सशस्त्र द्वन्द्वताका फडानी गरिएको सो वन क्षेत्रमा स्थानीय समाजसेवी, सचेत स्थानीय, गाउँलेहरूले मानव बस्ती बस्न रोक लगाएको एकथरी स्थानीय बताउँछन् ।

अतिक्रमित वन क्षेत्रमा सार्वजनिक, सामुदायिक विद्यालय, मठ–मन्दिर, गुम्बा, सङ्घसंस्था सञ्चालनका लागि जमीन भागबन्डा गरी खेतीपाती गर्न ठेक्कासमेत लगाइँदै आएको समाचार स्रोतको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।