मिर्गौलापीडित युवकलाई सहयोग माग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १ माघ/
रौतहट जिल्ला, मौलापुर नगरपालिका–६ पथराबुधराम बस्ने १८ वर्षीय किशोर यादवको दुवै मिर्गौलाले काम गर्न छोडेको चिकित्सकहरूले बताएका छन् ।

उनको अहिले वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । हप्तामा एकपटक उनको डायलासिस भइरहेको परिवारजनले बताए । घरको आर्थिक अवस्था नाजुक रहेकोले उनले सहयोगको लागि अपील गरेका छन् । अविवाहित यादव फर्निचरको काम गर्थे । सोही क्रममा उनले नारायणी अस्पतालमा उपचार गराउँदा अस्पतालले दुवै मिर्गौला काम नलाग्ने प्रमाणित गरेको थियो । मेहनतको काम गर्ने तथा नियमित खानामा समस्या भएका कारण उनको दुवै मिर्गौलाले काम नगरेको परिवारजनले बताएका छन् । आर्थिक अवस्था कमजोर भएको र उपचारमा सहयोग गर्न परिवारजनले अपील गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।