मोटरसाइकल चोर पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १ माघ/
पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकस्थित वीरगंज–ठोरी हुलाकी सडकखण्डबाट हिजो राति मोटरसाइकल चोरी गरी भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जगरनाथपुर गापा–४ सुघपुरसोहरीका सुनील जोशीले प्र.२–०३–०२० प ८७८६ नम्बरको २०० सय सीसीको पल्सर मोटरसाइकल राखेर स्थानीय होटलमा खाजा खाइरहेका थिए ।

मोटरसाइकलको लक तोडेर जीराभवानी गापा–५ शङ्करसरैया निवासी अजित चौधरी र शङ्कर चौधरीले मोटरसाइकल लिएर भागेका थिए । तर हुस्सुका कारण उनीहरू चोरी गरी भागेको स्थानभन्दा केही अगाडि आलुको खेतमा लडेका थिए । दुवै चोरलाई होटल साहुको सहयोगमा प्रहरीले पक्राउ थियो । मोटरसाइकलधनी जोशीले क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।