सिम्रौनगढमा पशुबजारको उद्घाटन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, १ माघ/
सिम्रौनगढ नगरपालिका–६ बानरगाछीमा सोमवार पशु बजारको उद्घाटन भएको छ ।

वर्षौंदेखि लाग्दै आएको गोरु बजार एक दशकदेखि बन्द थियो । बन्द बजारलाई सुधार गरी थप पाडा, पाडी, भैंसी, गाई, गोरु, खसी, बाख्रा, भेंडालगायतका चौपाया बिक्री गर्न पशु बजार शुरू गरिएको छ । वडाध्यक्ष नन्दकिशोर जयसवालले पशु बजारको उद्घाटन गरेका थिए ।

सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालबाबूप्रसाद कुशवाहाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा स्थानीय व्यापारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, सुरक्षाकर्मीहरूको सहभागिता थियो ।

गुठी संस्थान, वीरगंजको सहयोगमा अब साबिक अनुसार साताको सोमवार र शुक्रवार पशु बजार
लाग्ने सिम्रौनगढ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुशवाहाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।