प्रस, वीरगंज, १ माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप टी–२० क्रिकेटमा सोमवार भएका दुई खेलमा आयोजक नेशनल इन्फोटेक कलेज र हेटौंडा स्कूल विजयी भएका छन् ।
पहिलो खेलमा एनआईले सेन्ट जेभियर्सलाई ९१ रनले पराजित गरेको थियो । १२७ रनको लक्ष्य पछ्याएको सेन्ट जेभियर्सले सबै विकेट गुमाएर ३७ रन मात्र बनाएपछि आयोजक नेशनल इन्फोटेक कलेज विजयी भएको हो ।
सेन्ट जेभियर्सका राजु महतोले १२ र विकास पटेलले चार रन बनाएका थिए । बलिङतर्फ आयोजकका वासिम अली मन्सुरीले चार र सलमान मन्सुरीले तीन विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेशनल इन्फोटेक कलेजले तीन विकेटको क्षतिमा १२६ रन बनाएको थियो । सफवान अलीले ५० रन बनाएका थिए । सेन्ट जेभियर्सका सागिर मियाँ र राजु महतोले एक/एक विकेट लिएका थिए ।
आजै भएको दोस्रो खेलमा हेटौंडा स्कूलले वीरगंजको नेशनल एकेडेमीलाई दुई विकेटले पराजित ग-यो । ११० रनको लक्ष्य हेटौंडा स्कूलले १९ ओभरमा आठ विकेट गुमाएर पूरा गरी जीत हासिल ग¥यो । हेटौंडा स्कूलको लागि राजा अहमदले ४५ र रामचन्द्र धामीले १५ रन बनाएका थिए । बलिङतर्फ नेशनल एकेडेमीका शेख समीर र वीरेन्द्र साहले दुई/दुई विकेट लिएका थिए ।
पहिलो ब्याटिङ गरेको नेशनल एकेडेमीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर १०९ रन बनाएको थियो । एकेडेमीका नितेश सर्राफले ३३ र शेख समीरले २२ रन बनाएका थिए भने हेटौंडा स्कूलका सन्तोष दासले तीन र पन्नालाल उपाध्यायले दुई विकेट लिएका थिए ।