महानगरले पाँच महीनामा करीब २७ करोड राजस्व उठायो गत वर्षको तुलना चार करोड बढी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २९ पुस/
वीरगंज महानगरपालिका कार्यालयले चालू आवको पाँच महीनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन गरेको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए । उनले गत वर्षको पाँच महीनाको तुलनामा करीब चार करोड बढी राजस्व सङ्कलन भएको बताए । गत वर्ष चालू आवको पाँच महीनामा २३ करोड सात लाख ५६ हजार ९१० राजस्व सङ्कलन भएको थियो ।

उनले सम्पत्तिकरबाट चालू आवमा १० करोड ४९ लाख ६५ हजार ७००, भूमि/मालपोतबाट ५५ लाख २८ हजार ८३०, घरबहाल करबाट तीन करोड २६ लाख ३० हजार १४०, बहाल बिटौरी करबाट ११ लाख ५१ हजार २००, सवारीसाधन कर (साना सवारी) १६ लाख २० हजार ६७०, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर एक करोड चार लाख छ हजार २००, बाँडफाँटबाट प्राप्त विज्ञापन करबाट १९ लाख ६७ हजार २६२, मनोरञ्जन करबाट ७९ हजार ७८०, व्यवसाय रजिस्टे«शन दस्तुरबाट एक करोड ४८ लाख ६४ हजार ६८० सङ्कलन भएको बताए ।

यसैगरी, सरकारी सम्पत्ति बहालबाट दुई करोड ७१ लाख ८२ हजार ३०४, निजी धारा जडान शुल्कबाट ७८ हजार ८००, अन्य सेवा शुल्कबाट एक करोड ७४ लाख ४६ हजार ६३७, न्यायिक दस्तुरबापत १४ हजार ७०, अन्य प्रशासनिक सेवा शुल्कबापत १३ लाख ९४ हजार १६९, नक्शापास दस्तुरबापत एक करोड ७७ लाख १४ हजार १९८, सिफारिश दस्तुरबापत एक करोड १६ लाख ६९ हजार ६८६, व्यक्तिगत घटना दर्ता दस्तुरबापत १५ लाख ८० हजार ६७, नाता प्रमाणित दस्तुरबापत ११ लाख ९७ हजार ९४०, अन्य दस्तुरबापत दुई लाख २० हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबापत ३६ लाख १९ हजार ३४५ तथा बेरुजू छ लाख १९ हजार १० गरी चालू आवको पाँच महीनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन भएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।