माघी महोत्सवबारे पत्रकार सम्मेलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २९ पुस/
माघी (खिंचडी) मूल समारोह समिति, पर्साले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी थारू माघी महोत्सव–२०८० वीरगंज महानगर–१० आदर्शनगर, पुरानो बसपार्कमा भव्य कार्यक्रमको साथ आयोजना गर्ने जनाएको छ ।

समितिका संयोजक शेखर चौधरीले आदिवासी थारू समुदायको माघी (खिंचडी) पर्व तथा थारू समुदायको नयाँ वर्ष २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा संस्कृतिको झलकका साथै माघी समारोह मनाउने तथा राज्यमा आदिवासी थारू समुदायको राजनीतिक, सांस्कृतिक, सामाजिक पहिचान, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वसहितको हकअधिकार आम जनसमुदायको जीवनरक्ष्Fा हेतु रक्तदान कार्यक्रमसमेत गरेर मनाउने तय भएको बताए ।

उनले बिहान ११ः३० बजे घण्टाघरबाट थारू संस्कृति झल्किने घाँटो, समाचकेवा, झम्टा, थारू पूर्वी नाच, बालबालिकाद्वारा थारू गीत, नृत्य, कला प्रदर्शनी र थारू विशेष परिकार घोङी, गङ्गटो, माछा, परेवा, हाँस, कुखुरा, तिल/भुजाको लड्डु आदिको व्यवस्थापन गरिने बताए ।

वीरगंजसहित पर्सा जिल्लाका पाँचवटा स्थानमा यस वर्ष माघी पर्व मनाउने थारू समुदायले तयारी गरेको छ ।

पटेर्वासुगौली गापा–४ स्थित नेरामावि दाप सुगौलीको खेलमैदान, जीराभवानी गापा–१, पर्सागढी नगरपालिकाको बडनिहारमा र सखुवाप्रसौनी गापा–२ पंचगावाँमा माघी महोत्सवको तयारी भएको छ ।

माघी पर्व वीरगंजबाट मनाउन शुरू भएको र अहिले क्रमशः जिल्लाका पाँचवटा स्थानमा भव्यरूपमा यो महोत्सव मनाउन थालिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।