पाँच महिलासहित ७४ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २९ पुस/
पर्सा र बारामा माघी महोत्सवको अवसरमा दुई ठाउँमा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भए ।

पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–१ पकडीटोलमा युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ३० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । रक्तदान कार्यक्रममा रेखादेवी, सञ्जय चौधरी, लीलावतीदेवी, निम्बुकुमारी, रामशरण खवास, महादेव महतो थारू, मुकेश दास, उमेश सिंह, शेख साजिदलगायतले रक्तदान गरेका थिए ।

बारा जिल्लाको कोल्हवी नगरपालिका –११ चन्द्रवन्त रङ्गशाला रामपूर्वामा थारू कल्याणकारीसभा, बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ४४ जनाले रक्तदान गरेका छन् ।

कलिता चौधरी, सुभाष चौधरी, रामसेवक चौधरी, सुनील चौधरी, मोमताज देवान, राजेश चौधरी, सुरेन्द्र चौधरी, शैलेन्द्र चौधरीलगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।