धोबिनी र कालिकामाई गापा पूर्णखोप घोषणाको तयारी
प्रस, परवानीपुर, २९ पुस/ आगामी चैत मसान्तभित्र पर्सा जिल्लालाई पूर्णखोप घोषणा गर्ने लक्ष्यका साथ तयारी तीव्र पारिएको छ । पर्साका १४ वटा स्थानीय तहमध्ये ११ वटा पालिका पूर्णखोप घोषणा भइसकेका छन् भने विन्ध्यवासिनी, धोबिनी र कालिकामाई तीनवटा पालिका घोषणा हुन बाँकी छन् । जसमध्ये विन्ध्यवासिनी गापालाई माघ २ गते पूर्णखोप घोषणा गर्ने लक्ष्य राखिएको छ […]
२०८० माघ ०१ गते सोमवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
महानगरले पाँच महीनामा करीब २७ करोड राजस्व उठायो गत वर्षको तुलना चार करोड बढी
प्रस, वीरगंज, २९ पुस/ वीरगंज महानगरपालिका कार्यालयले चालू आवको पाँच महीनामा २६ करोड ९० लाख ५१ हजार ५८७ राजस्व सङ्कलन गरेको राजस्व महाशाखाका प्रमुख मनोज कर्णले बताए । उनले गत वर्षको पाँच महीनाको तुलनामा करीब चार करोड बढी राजस्व सङ्कलन भएको बताए । गत वर्ष चालू आवको पाँच महीनामा २३ करोड सात लाख ५६ हजार […]
प्रहरीद्वारा ग्रामिण भेगमा पैदल गस्ती शुरू
बलिराम शुक्ला, बिरुवागुठी, २९ पुस/ इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले आफ्नो इलाका अन्तर्गत रहेको ग्रामीण भेगमा पैदल गस्ती शुरू गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ वरिष्ठ हवलदार राजनेतप्रसाद यादवको नेतृत्वमा सातजनाको प्रहरी टोलीले गाउँटोलमा पैदल गस्ती शुरू गरेको इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले बताए । केशरीका अनुसार २७ […]
माघी महोत्सवबारे पत्रकार सम्मेलन
प्रस, वीरगंज, २९ पुस/ माघी (खिंचडी) मूल समारोह समिति, पर्साले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी थारू माघी महोत्सव–२०८० वीरगंज महानगर–१० आदर्शनगर, पुरानो बसपार्कमा भव्य कार्यक्रमको साथ आयोजना गर्ने जनाएको छ । समितिका संयोजक शेखर चौधरीले आदिवासी थारू समुदायको माघी (खिंचडी) पर्व तथा थारू समुदायको नयाँ वर्ष २६४८ को शुभकामना आदानप्रदान, भाषा तथा संस्कृतिको झलकका साथै […]
पाँच महिलासहित ७४ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २९ पुस/ पर्सा र बारामा माघी महोत्सवको अवसरमा दुई ठाउँमा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भए । पर्सा जिल्लाको जीराभवानी गाउँपालिका–१ पकडीटोलमा युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित ३० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । रक्तदान कार्यक्रममा रेखादेवी, सञ्जय चौधरी, लीलावतीदेवी, निम्बुकुमारी, रामशरण खवास, महादेव महतो थारू, […]
आफताब आलमको मुद्दाको सुनवाइ सारियो
प्रस, रौतहट, २९ पुस/ महमद आफताब आलम मुद्दाको सुनवाइ न्यायाधीश अभावमा आइतवार पनि सारिएको छ । रौतहट जिल्ला अदालतमा रहेका सातजना न्यायाधीशमध्ये तीनजनाको उच्च अदालतमा सिफारिश भएका र दुईजना बिदामा रहेका तथा गोलाप्रथा गर्दा उपस्थित दुवै न्यायाधीशको भागमा मुद्दा नपरेपछि सारिएको रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धव ढोडारीले बताए । सातजना न्यायाधीशमध्ये आइतवार दुईजना न्यायाधीश मात्र […]
दुर्घटनामा एकजनाको मृत्यु, दुईजना फरार
प्रस, पोखरिया, २९ पुस/ मोटरसाइकल दुर्घटनामा घाइते एकजनाको मृत्यु भएको छ भने दुईजना फरार भएका छन् । शनिवार राति डोकैला बहुअरीबाट पोखरिया नगरपालिका–१० घरतर्पm आउने क्रममा तीनजना सवार मोटरसाइकल पटनीस्थित ढोंगही खोलामा खसेको थियो । उनीहरूलाई उद्धार गरी घर लैजाने क्रममा उमेश साह, गठल पटेल बाटोबाटै फरार भएका र पन्नालाल साह गोढलाई घर लगिएको थियो […]
बैंकहरूविरुद्ध उद्योगी–व्यापारीको विरोध प्रदर्शन
प्रस, जनकपुर, २९ पुस/ जनकपुरका उद्योगी–व्यापारीहरूले बैंकहरूविरुद्ध विरोध प्रदर्शन गरेका छन् । आइतवार पीडित उद्योगी–व्यवसायी सङ्घर्ष समितिले विभिन्न माग राख्दै जनकपुरधाममा बैंकहरूविरुद्ध प्रदर्शन गरेको थियो । बैंकको चर्को ब्याजविरुद्ध जनकचोकबाट उद्योगी–व्यवसायीपीडित सङ्घर्ष समितिले विरोध -याली निकाल्दै राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो । समितिका संयोजक सुधीर पञ्जियारले नेपालमा आफूहरूलाई गरिखान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग […]
एनआई टी–२०ः वीरगंज सेन्ट्रल विजयी
प्रस, वीरगंज, २९ पुस/ नेशनल इन्फोटेक (एनआई) कप टी–२० प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा वीरगंज सेन्ट्रल कलेजले ग्लोबल बिजनेश क्लबलाई सात विकेटले पराजित गरेको छ । नारायणी क्रिकेट रङ्गशालामा जारी प्रतियोगितामा टस हारेको ग्लोबल बिजनेशले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर ९३ रन बनाएको थियो । ग्लोबलका विवेक यादवले १८, आदर्श […]