पर्सामा नौलो किसिमबाट काठ तस्करी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ला, बिरुवागुठी २८ पुस/
चीसो बढेसँगै पर्साको विन्ध्यवासिनी –कोइलाभार बडनिहार साझेदारी वन क्षेत्रबाट नौलो किसिमबाट काठ तस्करी भएको छ ।

चीसो मौसमको फाइदा उठाउँदै तस्करहरूले सालको रूखको पेंmदमा आगो लगाउने र आगोको माध्यमबाट रूख ढाली तीन फिटदेखि चार फिटको गोलिया बनाई ढुवानी गर्ने गरेको पाइएको छ ।
शनिवार साझेदारी वन क्षेत्रको नचनियाघाटदेखि पूर्व करीब छ फिट मोटो सालको रूखको पेंmदमा आगो लगाएर रूख खसाई टुक्रा बनाएर जङ्गलमा राखिएको अवस्थामा पाँच थान सालको गोलिया वनकर्मी टोलीले फेला पारेको सबडिभिजन वन कार्यालय, बडनिहारले जनाएको छ ।

सबडिभिजन वन कार्यालय बडनिहारका सुवेदार विनोदप्रसाद कुर्मीको कमान्डमा खटेको वन गस्ती टोलीले बरामद गरेको हो ।

तस्करहरूले रूखको पेंmदमा आगो लगाई रूख ढालेको अवस्थामा पाँच थान सालको गोलिया फेला परेको सुवेदार कुर्मीले बताए ।

उनले बरामद काठलाई सबडिभिजन वन कार्यालय बडनियारमा राखिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।