प्रस, वीरगंज, २८ पुस/
नेशनल इन्फोटेक (एनआई) कप अन्र्तगत शनिवार भएको दोस्रो खेलमा सेन्ट जेभियर्स स्कूल वीरगंज विजयी भएको छ । टस जितेर सेन्ट जेभियर्स स्कूलले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १११ रन बनाएको थियो । सेन्ट जेभियर्सका असरफ अन्सारीले २६ रन बनाए भने एमडी साजिद अन्सारीले २२ रन बनाएका थिए ।
वीरगंज सेन्ट्रल स्कूलका प्रेमप्रकाश माझीले दुई विकेट लिए भने मोहम्मद अलीले ए विकेट लिए ।
११२ रनको जवाफी लक्ष्य पछ््याएको वीरगंज सेन्ट्रल पूरै ओभर खेलेर नौ विकेट गुमाउँदै ९२ रनमै समेटियो । कमलेश पटेलले १९ रन बनाए भने प्रेमप्रकाश माझीले १८ रन बनाएका थिए ।
सेन्ट जेभियर्सका विकाशप्रसाद पटेल र सन्देशकुमार पटेलले तीन–तीन विकेट लिए भने राजु महतोले दुई विकेट लिएको नेशनल इन्फोटेक कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए । पर्सा क्रिकेट सङ्घका अध्यक्षसमेत रहेका उनले आजको प्रतियोगितामा सेन्ट जेभियर्सका सन्देशकुमार पटेल प्लेयर अफ दि म्याच घोषित भएको बताए ।
यसैगरी, नारायणी क्रिकेट रङ्गशालामा जारी नेशनल इन्फोटेक (एनआई) कपमा वीरगंज पब्लिक कलेज सात विकेटले विजयी भएको छ । शनिवार भएको दोस्रो खेलमा वीरगंज कलेजलाई ७ विकेटले पराजित गर्दै वीरगंज पब्लिक कलेज विजयी भएको हो । वीरगंज कलेजले टस जितेर ब्याटिङ् रोजेपछि वीरगंज पब्लिक कलेजले फिल्डिङ गरेको थियो ।
पहिलो इनिङमा वीरगंज कलेजले १८.१ ओभरमा ८७ रन बनाएर अलआउट भयो । वीरगंज कलेजका लागि आकाशकुमार साहले उत्कृष्ट प्रदर्शन गरे । उनले ४४ बलमा दुईवटा चौकाको मद्दतमा २५ रन जोडे । त्यस्तै आदित्य पासवानले ११ र खगेन्द्र दासले नौं रन बनाए ।
वीरगंज पब्लिक कलेजका आशीष सिंहले तीन विकेट लिए भने अप्mसर हुसैन र साहिल आलमले दुई–दुई विकेट लिए ।
वीरगंज पब्लिक कलेजले १०.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जीत हासिल गरेको हो । वाल्मिकीराउत कुर्मीले एक छक्का र पाँच चौकाको मद्दतमा १७ बलमा ३४ रन बनाए भने सक्षम खड्काले दुई चौकाको मद्दतमा ११ रन बनाए । वीरगंज कलेजका खगेन्द्र दासले दुई र मुकेशकुमार साहले एक विकेट लिए । प्रतियोगितामा बिपिसीका वाल्मिकीराउत कुर्मी प्लेयर अफ दि म्याच घोषित भए ।