पोखरियामा टावर ध्वजाको शिलान्यास

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २८ पुस/
पोखरिया नगरपालिका–९ स्थित हलुमान मन्दिरमा टावरध्वजाको एक कार्यक्रमका बीच शनिवार शिलान्यास गरिएको छ ।

पोखरिया नगरपालिकाका उपप्रमुख रूबी ठाकुरले टावरध्वजाको शिलान्यास गरेकी थिइन् । नपाको रु चार लाखको लागतमा १०१ फिटको उचाइँमा ध्वजा निर्माण हुन लागेको उपप्रमुख ठाकुरले बताइन् ।

उनले गुणस्तरीय काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिंदै सो कामको निगरानी गर्न स्थानीयहरूलाई आग्रह गरिन् । कार्यक्रममा वडाध्यक्ष नौसाद आलम, स्थानीय राकेश महतो, मथुरा महतो, दीपक ठाकुरलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।