युुथ अफ निजगढको अध्यक्षमा कमल सुँवार सर्वसम्मत

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २८ पुुस/
युुथ अफ निजगढको अध्यक्ष पदमा कमल सुँवार सर्वसम्मत चयन भएका छन् । शनिवार भएको संस्थाको १०औं वार्षिक साधारणसभाले उपाध्यक्ष कमल पराजुुली, महासचिव सन्तोष पौडेल, सचिव मनिता पाण्डे, कोषाध्यक्ष अशोक श्रेष्ठ, सहसचिव रवि सापकोटा, सदस्यहरू प्रह्लाद तिमल्सिना, नवराज घिमिरे, मुक्तिप्रसाद सुँवार सर्वसम्मत चयन भएका हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष उषा लामाले वार्षिक प्रगति विवरण, कोषाध्यक्ष अशोक श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुुत गरेका थिए । विगत १० वर्षदेखि फागू पूर्णिमाको अवसरमा प्रि–होली कन्सर्ट आयोजना गरी राष्ट्रिय कलाकारहरूको प्रस्तुुति र स्थानीय कलाकारहरूको प्रतिभा प्रस्तुति गर्न हौसला बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्दै असहाय, अपाङ्ग, गरीब, विपन्न, आगलागीपीडित, मृगौला, मुटु, क्यान्सर बिरामीहरूलाई आर्थिक सहयोग उपलब्ध गर्दै सामाजिक क्षेत्रमा विभिन्न कार्यमा सक्रिय रहँदै आइरहेको छ ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार भाइकाजी श्रेष्ठ, जीतलाल श्रेष्ठ, संरक्षक जनक श्रेष्ठ, प्रकाश श्रेष्ठ लगायतका सहभागिता थियो । संस्थाका अध्यक्ष उषा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण भाइकाजी श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।