प्रस, वीरगंज, २६ पुस/
पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको वीरगंजमा नागरिक अभिनन्दन गरिने भएको छ । स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति, पर्साका महासचिव हीराबहादुर चन्दले बिहीवार नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्ष्Fमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १३ गते वीरगंजमा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिने बताए ।
उनले हाल पूर्वराजा ज्ञानेन्द्र पुस २३ गतेदेखि सिमरामा बस्दै आएको र यसबीच उनको धार्मिक तथा नागरिक अभिनन्दन कार्यतालिका बनेको बताउँदै पुस २८ गते सर्लाहीको बरहथवा, मुक्तेश्वर महादेवमा पूजाअर्चना, माघ २ गते रौतहट शिवनगरस्थित शिव मन्दिरको पूजाअर्चना, माघ ४ गते बाराको प्रसिद्ध गढीमाई मन्दिरको पूजा अर्चना र माघ १३ गते वीरगंजस्थित लाल बङ्गलामा नागरिक अभिनन्दन कार्यक्रम रहेको बताए ।
उनले सवारी भव्य बनाउन विभिन्न २० वटा उपसमिति गठन गरी कार्य विभाजन गरिएको बताए ।
पत्रकार सम्मेलन मूल समारोह समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको अध्यक्ष्Fतामा भएको थियो । यस अघि पर्साको पोखरियामा पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम घोषणा गरिएको थियो तर पछि सो कार्यक्रम स्थगित गरेर वीरगंजमा हुन लागेको हो ।