प्रस, वीरगंज, २६ पुस/
वीरगंज महानगरपालिका कार्यालयले वीरगंज–६ आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिको कार्यालयमा सिल लगाएको छ ।
वीरगंज मनपाका सहकारी शाखा प्रमुख सुनीलकुमार कर्ण, वडाध्यक्ष्F जयप्रकाश साह, जिल्ला प्रशासन पर्साका प्रतिनिधि ब्रह्मदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रसनि ईश्वर महतो सम्मिलित टोलीले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा सिलबन्दी गरेको हो ।
सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता नगरेको भनेर पटक–पटक उजूरी गर्दै आएको र यसै क्रममा मङ्गलवार बचतकर्ताहरूको उजूरीको आधारमा सहकारीले रकम फिर्ता नगरेको देखिएकोले सिलबन्दी गरिएको नगरप्रमुख राजेशमान सिंहले बताए ।