प्रस, वीरगंज, २६ पुुस/
छ वर्षदेखि ३६ वर्षीय छोरा सुरेश आले मगर बेपत्ता पारिएको भन्दै चिन्तित बारा जीतपुरसिमरा उपमहानगरपालिका –१८ बडहर्वाका हस्तबहादुर आले मगर र उनकी पत्नी नन्दकुमारी आलेको मुुहारमा अहिले छोराको अवस्था पत्ता लाग्छ कि भन्ने आशा जागेको छ ।
तर तपस्वी भनिएका रामबहादुुर बम्जन पक्राउ भएसँगै छोरा सुुरेशको अवस्था ज्ञात हुने आशामा उनीहरूको मुुहारमा खुुशी छाउन थालेको हो ।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि सोही वर्ष जेठ महीनामा घर आएका सुरेशलाई बम्जनका नजीक रहेर काम गर्ने सोही उपमहानगरपालिका–१६ पिलुवाका जशबहादुर वाइवाले, सुरेश बिहानको खाना खाँदै गर्दा चीसै हात मोटरसाइकलमा चढाएर बम्जनको आश्रम सिन्धुपाल्चोक जानुपर्छ भन्दै लगेको दृश्उ उनका बुवा हस्तबहादुर र आमा नन्दकुमारीको स्मृतिपटलमा ताजै छ ।
“छोरालाई जान मन नलागेको पनि हुन सक्थ्यो । यस पहिले घर आउनेबित्तिकै तारन्तार मोबाइलमा चाँडै आऊ भन्दै फोन आइरहने आमा नन्दकुमारीले बताइन् । छोरालाई करकाप गरेर जान बाध्य पारिएको त होइन । नत्र, मेरै छोरालाई मात्र किन बोलाइरहे ? मेरो छोराविना बम्जनको कामहरू अड्किन्थ्यो त ?” — बुवा हस्तबहादुरले आक्रोशित हुुँदै भने । सुरेशलाई आश्रममा ‘मोलम’ भनेर बोलाउने गर्थे । ‘त्यस दिन वाइवाले मलाई पनि फस्ल्याङ्ग/फुस्लुङ्ग गरी छोरालाई लिएर गयो । अहिले न वाइवा भेटिन्छ, न छोरा नै ।
‘दुर्ई दिदी–बहिनी र एक मात्र छोरा सुरेशले मेजर अङ्ग्रेजी विषय लिएर ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट प्लस टु पास गरेको बुवा हस्तबहादुरले बताए । छोराको अङ्ग्रेजी राम्रो थियो । तपस्यास्थलमा विभिन्न मुलुकका विदेशीहरू आउने जाने भएकाले पनि उनीहरूसँग कुरा गर्न सुरेशलाई लगिएको सहजै अनुमान लगाउन सकिन्छ ।
तपस्वी कहा जति जानु गइहाल्यौं । अब, हाम्रो बुढेश कालको साहारा घरैमा बस । विवाह गरी घरजम गर्नुपर्छ । घरमा आमालाई सघाइपघाई गर्ने कोही छैन । हामीले भनिरहेका थियौं ।
मैले वाइवालाई भेटेर सोध्दा थाइल्यान्ड गएको छ । फेसबूकमा मैले हेरेको भन्दै उनले झुक्याए । एकपटक भए पनि फोनमा गफ गराइदिनुु न भन्दा वाईवाले हुुन्छ भन्दै टारेको बुुवा हस्तबहादुुर र आमा नन्दकुुमारीले भने ।
छोरा लैजाने जशबहादुर वाइवा प्रायः काठमाडौंमा बस्ने गरेकाले छोराबारे सोधखोज गर्न नसकेको अभिभावक र आफन्तले दुःखेसो पोखे ।
धेरै वर्ष भयो । नाति सुरेश कहाँ गयो । पुुलिसले हिजो तपस्वीलाई पक्रेको छ रे । मेरो नाति छिट्टै झिकाइदिन भन्नुु है १ नातिलाई एक पल्ट भेट्न पाए हुन्थ्यो भन्ने आसमा छिन्— ८३ वर्षीया हजुरआमा बदमकुमारी आले ।
बम्जनमाथि यस अघि नुुवाकोटकी कर्मा तामाङ, हेटौडाकी फुलमाया रूम्बा, हेटौंडाका सञ्चलाल वाइवा र सर्लाहीकी रिता भनिने युवतीलाई बेपत्ता बनाएको आरोप छ । बम्जनमाथि रौतहट घर भई बम्जनको आश्रममा लामो समयदेखि बस्दै आएकी १८ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको भन्दै सर्लाही जिल्ला अदालतमा मुद्दा दायर छ । आरोपित रामबहादुर बम्जन भन्ने रामलाल बमजनलाई पक्राउ पूर्जी तपस्वी भनिएका उनै बम्जनको निजगढ नगरपालिका–१२ बुङ्गजोरस्थित घर र वडा कार्यालयमा प्रहरीले २०७७/०७/२४ गते टाँस गरेको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल प्रहरीले सिन्धुलीस्थित पहिरे डाँडामा रहेको बम्जनको विशाल आश्रममा पटकपटक घेरा हाली छापा मारे पनि उनी भाग्न सफल भएका थिए ।
बाराको रतनपुरी र हलखोरियामा २ सय हेक्टरभन्दा बढी राष्ट्रिय वन क्षेत्रमा कब्जा जमाएका बम्जनलाई राज्यले बलपूर्वक हटाएको थियो । किर्ते जन्मदर्ता बनाएका उनको, धर्मसङ्घ बम्जनको नाउँमा रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने भन्दै उनका अनुयायीहरूले पूूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरूद्ध गरेका थिए ।
समाचार सङ्कलनका लागि हलखोरिया तपस्यास्थल पुगेका सञ्चारकर्मीहरूलाई उनका केही अनुुयायीहरूले प्रवेश रोक र क्यामेरा समेत कब्जामा लिई बिगारेका थिए ।
पटकपटक स्थानीयमाथि कुटपिट गर्दै आएका बम्जनले स्लोभाकियाकी एक महिला मारिचीलाई लगभग तीन महीना बन्धक बनाएर राखेको घटनाले त्यसबेला निकै चर्चा पाएको थियो । स्थानीय सञ्चारकर्मी र प्रहरीको प्रयासबाट स्वदेश फर्कन सफल भएकी मारिचीले आपूmलाई चरम याताना दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको अध्यागमन कक्षबाट सञ्चार माध्यममा खुुलासा गरेकी थिइन् ।