नेपालमा रोजगारका अनेक अवसर

– विश्वराज अधिकारी

नेपालमा बेरोजगारी अहिले एक विकराल समस्याको रूपमा देखिएको छ। यथार्थमा यो विकराल समस्या हुँदै होइन। नेपालजस्तो थोरै जनसङ्ख्या भएको सानो मुलुकमा बेरोजगारी विकाराल समस्या हुन सक्तैन। दुई ठूला बजारहरू (भारत र चीन) बीच रहेको नेपालको भौगोलिक अवस्थिति र अन्तर्राष्ट्रिय जगत्सँग रहेको सुमधुर सम्बन्धले गर्दा बेरोजगारी विकराल समस्या हुन सक्तैन। 

उत्तर कोरिया, इरान, क्युबा, भेनेज्युएला आदिजस्तो नेपालको अन्तर्राष्ट्रिय जगत्सँग नराम्रो सम्बन्ध छैन। विश्वका सबै राष्ट्रसँग नेपालको राम्रो सम्बन्ध छ। अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, इटली, क्यानाडाजस्ता विश्वका धनी राष्ट्रहरूसँग नेपालको राम्रो सम्बन्ध छ। यस किसिमको परिस्थितिमा नेपालमा बेरोजगारी विकराल समस्या हुन सक्तैन। धनी देशहरूसँग नेपालले राम्रो व्यापारिक सम्बन्ध कायम गर्न सक्छ। राम्रो व्यापारिक साझेदारी गर्न सक्छ।

नेपालमा रोजगारको प्रचुर अवसर हुँदाहुँदै पनि ठूलो बेरोजगारी छ। प्रत्येक दिन नेपालबाट हजारौं युवायुवती रोजगारका लागि स्वदेश त्यागिरहेका छन्। विदेश पुगेर कस्तो संस्थामा काम गर्नुपर्ने हो ? कस्तो किसिमको काम गर्नु पर्ने हो ? आफूले गर्न सक्ने काम हो कि होइन ? काम गर्ने देशको वातावरण तथा मौसम आफ्नो शरीरलाई अनुकूल हुने किसिमको छ कि छैन ? विदेशमा काम छ भनेर लग्ने म्यानपावर कम्पनीले सत्य बोलेको हो कि भूmट ? विदेश पुगेर म्यान पावरसँग ठगिएर अलपत्र त पर्ने होइन ? यस्ता प्रश्नको उत्तरसम्म नखोजेर अहिले नेपालीहरू रोजगारका लगि विदेशतिर लागिरहेका छन्। उज्यालोतिर पुतली होमिएझैं विदेश लागिरहेका छन्। कुनै योजना छैन। राम्रो जानकारी छैन। तापनि जाने क्रम रोकिएको छैन।

नेपालमा बेरोजगारी विकराल समस्या हुनै सक्तैन। बेरोजगारीलाई विकराल समस्या हाम्रा नेताहरूले बनाएका हुन्। नेताहरूको सत्तामुखी चरित्रले गर्दा नै नेपालमा बेरोजगारी विकराल समस्या हुन पुगेको हो। नेपालमा बेरोजगारीलाई विकराल समस्या बनाउन मुख्यगरी तीन राजनैतिक दलहरूको भूमिका प्रमुख रहेको छ। पुष्पकमल नेतृत्वको नेकपा माओवादी, नेकपा एमाले र नेपाली काङ्ग्रेसस यी तीन दलहरू नै नेपालमा बेरोजगारीलाई विकराल समस्या बनाउन जिम्मेवार छन्। यी तीन दलमध्ये सर्वाधिक कुकृत्य माओवादीको छ। माओवादीले २०५२ देखि २०६३ सालसम्म चलाएको दश वर्षे खुनी सङ्घर्षकालले देशका उद्योग, व्यापार ध्वस्त हुने स्थिति सृजना ग–यो। उद्योगी– व्यवसायीमा निराशा उत्पन्न गरायो। उनीहरू लागानी गर्न हच्किए। युवाहरू निराश भए। नेपालमा बाँच्न कठिन छजस्तो निराशा युवाहरूमा पलायो। विदेश जानु मात्र उनीहरूले समस्याको समाधान देखे।

एमाले र काङ्ग्रेस बेराजगारीका लागि किन जिम्मेवार छन् भने यी दलहरूले बेरोजगारीलाई देशको ठूलो समस्या नै मानेन्। जहिले पनि सत्ता केन्द्रित भए। सरकार बनाउने र शक्तिमा रहने मात्र यी दलहरूको प्रमुख उद्देश्य रह्यो। सत्ताको लागि जहिले पनि कुकुर बिरालोजस्तो झगडा गरे। आफ्नै दल भित्र पनि गुट–उपगुट खडा गरे। नेपालको आर्थिक विकासका लागि दल भित्र र बाहिर पनि यी नेताहरूबीच एकमत हुन सकेन। देशको आर्थिक विकास गर्न, रोजगारका नयाँनयाँ अवसर सृजना गर्न नेपालका राजनैतिक दलहरूबीच कहिले सहमतिको वातावरण सृजना भएन। एकमतको स्थिति बनेन। एकमत र सहमति त भयो, दलहरू एकमत र सहमत भए, तर केका लागि ? गठबन्धन गरेर, चुनाव जित्न र सरकार बनाउनका लागि।

देशमा बेरोजगारी विकराल समस्या भएको सन्दर्भ, हजारौं युवाहरूले रोजगारका लागि नेपाल छाडिरहेको सन्दर्भ, हालै दुई युवकको गोली प्रहारबाट भएको मृत्युको सन्दर्भ र रोजगारको लागि विदेश पुगेका नेपालीहरूको लाश नेपाल आउने सन्दर्भ, यी सबैलाई जोडेर हेर्दा र यो स्थिति सृजना गर्न आफूहरू

(नेपाली काङ्ग्रेस, एमाले र माओवादी) जिम्मेवार रहेको ठान्दै, यी तीन दलले पश्चात्ताप गर्दै, अर्को दललाई सरकार चलाउन दिनुपर्ने हो। होइन र ?

विगतमा के के भयो त्यो फलाकेर मात्र हुँदैन। समस्याहरू मात्र गणना गरेर हुँदैन। दोष मात्र देखाएर हुँदैन। समाधानको पनि खोजिगर्नुपर्दछ।

नेपालमा रोजगार विस्तार गर्न सकिन्छ। तत्काल हजारौं रोजगार सृजना गर्न सकिन्छ। हजारौ युवालाई रोजगार प्रदान गर्न सकिन्छ।

नेपालमा रोजगारी सृजना गर्न के गर्ने ?

सर्वप्रथम, सबै दल मिलेर एउटा सर्वदलीय समिति गठन गर्नुप–यो। स्थायी प्रकृतिको त्यो समितिले भविष्यमा पटकपटक गर्नेगरी, हाल–तत्काल एउटा रोजगारी–सम्मेलन गर्नुप–यो। रोजगारी–सम्मेलनमा देशभरिका उद्योगी–व्यवसायीहरूलाई सहभागी गराएर उनीहरूबाट कसरी तत्काल रोजगार सृजना गर्न सकिन्छ भनेर राय लिनुप–यो। साथै उद्योगी–व्यवसायीहरूलाई रोजगार सृजना गर्न के कस्ता सहयोग र सुविधा चाहिन्छ ती सेवा र सुविधा सरकारले दिने वाचा गर्नुप–यो।  

वर्तमान शिक्षा नीतिमा तत्काल परिवर्तन गरेर यसलाई सीपमूलक बनाउनुप–यो। उच्च माध्यमिक तहसम्मको शिक्षालाई केवल सीपमूलक र त्यसभन्दा माथिको शिक्षालाई सीप र ज्ञानमूलक बनाउनुपयो। उच्च वा विशिष्ट शिक्षालाई मात्र ज्ञानमूलक बााउनुप–यो।

सानो व्यापार केन्द्रको स्थापना गरेर सानो आकारको व्यवसाय गर्ने व्यवसायीहरूलाई सरकारले सहयोग गर्नुप–यो। सरकार जमानी बसेर साना व्यवसायीहरूलाई व्यापारिक बैंकहरूमार्फत ऋण दिने व्यवस्था मिलाउनुप–यो। बजार सूचना एवं अन्य सहयोग साना व्यवसायीहरूलाई सरकारले उपलब्ध गराउनुप–यो। हरेक शहरमा साना व्यवसायीहरू (कोठासहितको पसल नभएका) व्यापार गर्न स्थानीय सरकारले अनिवार्यरूपमा एउटा क्षेत्र उपलब्ध गराउनुप–यो।

कुनै पनि काम सानो वा ठूलो हुँदैन। हरेक कामको आफ्नै महत्व छ। काम गर्दा गर्व अनुभव गर्नुपर्छ। आफ्नै देशभित्र काम गरौं। जे जस्तो काम पाइन्छ त्यो गरौं। यस किसिमका सन्देशहरू सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यमहरूबाट प्रसारण गरौं। सानो भनिएका तथाकथित काम गर्नेहरूलाई अन्य कामभन्दा बढी पारिश्रमिक दिने व्यवस्था गरौं।

नयाँनयाँ किसिमको व्यवसाय सृजना गर्नेलाई, बढी व्यक्तिलाई रोजगार दिने संस्थालाई सरकार, समाजले पुरस्कार दिने व्यवस्था गरौं।

आइटी (क्ष्त्–क्ष्लायचmबतष्यल त्भअजलययिनथ) को क्षेत्रमा नेपाल पछाडि छैन, बरु अगाडि नै छ। नेपालबाट विदेश पुगेका विद्यार्थीहरूले आइटीे क्षेत्रमा उपललब्धिमूलक कार्य गरेका छन्। विश्व प्रसिद्ध गुगल, एपल, टिकटकजस्ता संस्थाहरूमा रोजगार पाएका छन्।

विदेशबाट आइटीको काम नेपालमा नै गर्न व्यवस्था मिलाउन सकिन्छ। हजारौं नेपाली युवालाई नेपालभित्रै रोजगार दिने अवस्था सृजना गर्न सकिन्छ। योजनाबद्ध किसिमले वीरगंजलाई ‘आइटी हब’ बनाउन सकिन्छ। त्यस्तो गर्न अब ढिलो गर्नुहुँदैन। काठमाडौमा मात्र सबै व्यवसाय केन्द्रित नगरेर वीरगंजलाई आइटी हब बनाउनुपर्छ। संसारभरिबाट आइटीको काम वीरगंजमा ल्याएर गर्न सकिन्छ।

रोजगार सृजना गर्नका लागि माथि भनिएका व्यवस्थाहरू प्रतिनिधि उदाहरणहरू मात्र हुन्। यस्तै दर्जनौं काम गरेर नेपालजस्तो सानो मुलुकमा हजारौं रोजगार सृजना गर्न सकिन्छ।

तर सर्वप्रथम नेपाली युवाहरूमा आशा जगाउनुप–यो। नेपालीहरू अहिले अभूतपूर्व किसिमले निराश भएका छन्। उनीहरूमा आशाको सञ्चार गर्नुप–यो। र यो गर्नका लागि राजनीतिक दलहरू एकमत हुनुप–यो, एकजुट हुनुप–यो। स्वार्थी भावना त्याग्नुप–यो। सरकार र शक्तिमा पुग्ने दौडबाट टाढा बसेर देशको आर्थिक विकासमा लाग्नुप–यो।

देशका युवाहरूको भविष्यप्रति राजनीतिक दलहरू चिन्तित नहुने हो, उनीहरूको भविष्य अन्धकार पार्ने क्रममा लागिरहने हो भने नेता र तिनका दलहरूको भविष्य पनि निश्चितरूपमा अन्धकार हुनेछ। पक्का !

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्