विश्व मानव अधिकार दिवस

प्रस, परवानीपुर, २४ मङ्सिर/ डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवस वीरगंजमा मनाइएको छ । वीरगंजका दुईवटा गैरसरकारी संस्थाले यो दिवस मनाएका छन् । राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल र एमनेस्टी इन्टरनेशनल नेपालले संयुक्तरूपमा मैनबत्ती जुलूस निकाली घण्टाघरमा दीप प्रज्वलन गरी दिवस मनाएका थिए । आदर्शनगर कैलाश चोकबाट शुरू भएको मैनबत्ती जुलूस साँझ […]

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ, २४ मङ्सिर/रासस व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरूप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाइसँगै उनले सीपमूलक तालीम पनि सिकेका छन् । पञ्चेबाजा अन्तर्गत उनले अहिले मज्जाले […]

अर्बौं विदेशी मुद्रा भित्रयाउने चिया व्यवसाय सङ्कटमा

झापा, २४ मङ्सिर/रासस अलैंचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भिœयाउने चिया व्यवसाय सङ्कटमा परेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भिœयाउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको बताएका हुन् । बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालू आर्थिक […]

जाडोमा शरीर न्यानो राख्न के खाने ?

चीसो बढेसँगै शरीरको तापक्रम पनि घट्छ भन्ने कुरा हामी सबैलाई थाहा छ । तर चीसोबाट बच्नको लागि शरीरले सबैभन्दा पहिले आन्तरिक तापक्रमलाई आवश्यक अङ्गहरूमा स्थानान्तरण गर्छ, जसका कारण बाहिरी अङ्गहरूमा तापक्रम कम रहन्छ । यस्तो अवस्थामा शरीरलाई बाहिरबाट न्यानो राख्ने उपायहरू के के छन् ? वास्तवमा यदि शरीरमा ऊर्जा सहीरूपमा उत्पादन हुन्छ भने चीसोको प्रभाव […]

घ्यू खानु स्वास्थ्यका लागि निकै फाइदाजनक

घ्यू खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । स्वास्थ्य विशेषज्ञ र पोषण विशेषज्ञहरू प्रायः घ्यू खाने सल्लाह दिन्छन् । खानामा घ्यू पनि समावेश गर्नुपर्छ भनिन्छ । अब प्रश्न उठ्छ कि दिनमा कति चम्चा घ्यू खानुपर्छ ? कुनै किसिमको रोग नभएको व्यक्तिले दैनिक ६–८ चम्चा घ्यू खानुपर्छ । यदि तपाईं कसरत गर्नुहुन्छ भने घ्यू खानुमा कुनै हानि […]

एक महीनासम्म रक्सी नपिउँदा के हुन्छ

आजकल साना वा ठूला पार्टी वा कुनै पनि कार्यक्रम, भेटघाटमा मदिराको प्रयोग हुने गरेको छ । तर कतिपयको मदिरा पिउने बानी हुन्छ । उनीहरू लगभग हरेक दिन रक्सी पिउने गर्छन् । दिनहुँ रक्सी पिउने दुव्र्यसनमा परेका व्यक्तिबारेमा जानौं । दैनिक रक्सी पिउने व्यक्तिले एक महीनासम्म रक्सी त्याग्ने प्रयास गरे भने नतीजा देखेर छक्क पर्नुहुनेछ । […]

रोमको अस्पतालमा आगलागी हुँदा चारजनाको मृत्यु, २०० बढीको उद्धार

रोम, २४ मङ्सिर/एएनआई रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रवार राति भएको आगलागीमा परी कम्तीमा चारजनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् । इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करीब १०ः३० बजे शवगृह, क्लिनिक र भान्सा नजीक एक्कासि आगोले समातेको र तुरून्तै माथिल्लो तलाको आपत्कालीन कोठासम्म फैलिएको थियो । […]

पोखरियामा पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिता शुरू

दिनेश मिश्र, २४ मङ्सिर/ पोखरिया नगरपालिकाको सहयोग र पोखरिया नगरपालिका–६ वडा कार्यालयको आयोजनामा आइतवारदेखि पाँचौं मेयरकप टी–२० क्रिकेट प्रतियोगिता शुरू भएको छ । पोखरिया नगरपालिकाको शेरा खेलमैदानमा नगरप्रमुख प्रद्युम्न चौहानले प्रतियोगिताको उद्घाटन गरेका थिए । वडाध्यक्ष सीमानन्द चौहानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपप्रमुख रूबी ठाकुर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, वडाध्यक्ष नौशाद आलम, एमाले […]

अभिभावक शासक होइन, सहायक बन्नुपर्छ

•अनन्तकुमार लाल दास अभिभावकमाथि बालबालिकालाई सुयोग्य बनाउने महŒवपूर्ण दायित्व रहेको छ र सबै अभिभावकको चाहना पनि उनीहरूको सन्तान सुयोग्य, संस्कारी र राम्रो बानीबेहोरा भएको होस् भन्ने हुन्छ । तर बालबालिकाहरूमा यस्तो गुण विकास गर्नु जटिल प्रक्रिया हो । यसको लागि अभिभावकहरूसँग, उनीहरूको तदनुरूप विकास गर्न विवेक र मनोवैज्ञानिक जानकारी हुनु आवश्यक हुन्छ । धेरैजसो अभिभावकहरू […]

परनिर्भरताको पराकाष्ठा

बितेको सङ्घीय संसद् अधिवेशनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई एकजना सांसदले प्रश्न गरेका थिए, “नेपालमा सियो बन्छ कि, बन्दैन ?” मन्त्रीको जवाफ थियो, “सियो उत्पादन गर्ने उद्योग हाम्रो मुलुकमा दर्ता भएको रेकर्ड छ । यसबाट सियो बन्छ होला भन्न सकिन्छ ।” सियो पनि विभिन्न छन् । सिलाइ मेशीनको सियो, बोरा सिलाउने खापसियो, हाते सियो इत्यादि । […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।