अब अलमलिनुहुँदैन –अध्यक्ष ओली

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २५ मङ्सिर/

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता, कार्यकर्ताले अब अलमलिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

समृद्धिको लागि सङ्कल्प यात्रा अन्तर्गत सोमवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभामा अध्यक्ष ओलीले एमालेले विकासका अनेक काम गर्दागर्दै पनि सरकारबाट हटाउने काम भएको आरोप लगाए । उनले विकास निर्माणका कामलाई युद्धस्तरमा अगाडि बढाएको, पुनर्निर्माणका काम गरेको दाबी पनि गरे ।

सिन्धुपाल्चोकलाई एमालेले विपत् क्षेत्र घोषणा गरी काम गरेको उनले बताए ।

अध्यक्ष ओलीले एमालेको सरकार नभएको भए मेलम्चीलाई व्यवस्थापन गरी काठमाडौंमा खानेपानी नै नझर्ने दाबी गरे । उनले सिन्धुपाल्चोक सचेत भूमि, शहीदको भूमि, यो ठाउँ अलमलिनुहँुदैन भनेर बताए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कमिटी, प्रदेश कमिटीलगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित समृद्धिको लागि सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि शुरू भएको यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।