सुक्खा बन्दरगाह भन्सारबाट ३८ करोडको लाइटर आयात

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, २१ मङ्सिर/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पछिल्लो तीन महीनामा रु ३८ करोड ३६ लाख ७८ हजार मूल्य बराबरको सात करोड १६ लाख ९६ हजार थान लाइटर आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले करीब भन्सार महसूल पाँच करोड ७५ लाख ५१ हजार ८३९ र पाँच करोड ७३ लाख ६० हजार मूल्य अभिवृद्धि कर गरी कुल ११ करोड ४९ लाख ११ हजार ८५१ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत डा रामप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार पछिल्लो तीन महीनादेखि चुरोट सल्काउन प्रयोग गरिने ग्याँस लाइटरको आयात ह्वात्तै बढेको उनले बताए ।

गत वर्ष १८ नोभेम्बर २०२२ देखि डिसेम्बर १ सम्म दुई करोड ७५ लाख ६२ हजार ४५० मूल्य बराबरको ५२ लाख ४३ हजार थान आयात भएको थियो । पोहोर भन्सार महसूल ४१ लाख ३७ हजार ३६९ र मूल्य अभिवृद्धि कर ४१ लाख २० हजार ५८९ गरी कुल ८२ लाख ५४ हजार ९५८ मात्र राजस्व सङ्कलन भएको थियो ।

गत आवभन्दा चालू आवको तीन महीनामा भन्सार महसूल र मूल्य अभिवृद्धि करमा १० करोड ६६ लाख ५६ हजार ८९३ बढी राजस्व सङ्कलन भएको देखिन्छ भने ३५ करोड ६१ लाख १६ हजार ३७६ मूल्य बराबरको छ करोड ६४ लाख ५३ हजार थान बढी ग्याँस लाइटर आयात भएको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।