प्रस, निजगढ, २१ मङ्सिर/
छाडा चौपाया गधासँग अटो ठोकिएर पल्टिंदा अटोमा सवार एकजना गम्भीर र एकजना सामान्य घाइते भएका छन् । घाइते हुुनेमा निजगढ नगरपालिका–१० लालकी ३० वर्षीया सरु वाईवा गम्भीर र अटोचालक सोही ठाउँका छेचाङ स्याङ्तान सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
निजगढ बजार अटो पार्किङबाट लालतर्फ जाने क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत निजगढस्थित जमुना पैनी आसपासको सडकमा ना.१ह ५१२४ नम्बरको अटो बुधवार साँझ करीब ७ बजे गधासँग ठोक्किंदा अटो पल्टिएर दुुर्घटना भएको हो । घाइते वाईवाको घाँटीनजीकैको देब्रेतर्फको कुुमको हड्डी भाँचिएको छ । उनको उपचार हेटौंडास्थित सन्चो अस्पतालमा भइरहेको छ । ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजगढ नगरपालिकाले छाडा चौपायालाई नियन्त्रण नगर्दा दुर्घटना हुुन पुुगेको हFे । प्रहरीलाई भन्दा बेवास्ता गर्ने गरेको स्थानीयले बताए ।
छाडा चौपायालाई नियन्त्रणमा लिई व्यवस्थापन नगर्दा मोटरसाइकल, अटो, कार, जीप जस्ता साना सवारीसाधनहरू दुुर्घटनामा पर्नुुका साथै त्यसमा सवार यात्रुु, चालकहरू घाइते भइरहेका छन् । दशैं, तिहार, छठ पर्वमा राजमार्ग, सडकमा सवारीसाधनको अत्यधिक चाप हुुने समयमा छाडा चौपाया सडकमा दिनरात रहँदा व्यवस्थापन गर्न निजगढ नगरपालिका, ट्राफिक प्रहरी कार्यालय निजगढ, इलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी सुुरक्षा बेस निजगढलाई भन्दा पनि बेखबर बन्दै आएका छन् ।
बकैया पुुल सडक किनारमा पाल टाँगेर सिलौटा, जातो बनाउनेहरूले ढुुङ्गा बोक्न गधा, घोडाको प्रयोग गर्ने र अन्य समयमा छाडा छाड्ने गरेपछि दुर्घटना बढ्ने गरेको छ ।