सप्तरीमा राष्ट्रिय एकता अभियानको सम्मेलन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ मङ्सिर/
सप्तरी जिल्लाको राजविराजमा राष्ट्रिय एकता अभियानको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलन सङ्घीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवादविरुद्ध चेतना जगाउने उद्देश्यले आयोजना गरिएको अभियानले जनाएको छ ।

सम्मेलन पार्थव सरकारको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि अभियानका राष्ट्रिय अध्यक्ष विनय यादव थिए । कार्यक्रममा अभियानका वरिष्ठ नेता बिपी यादव, नेपाली काङ्ग्रेसका जिल्ला उपाध्यक्ष रामकुमार यादव, पूर्वउपप्रमुख मीना चौधरी, कथाकार पण्डित रामकुमार शास्त्री, सर्वेश्वरी झा, हिन्दू नेता अरविन्द साह र डा चिरञ्जीवीलाल देवलगायतको सहभागिता थियो ।

नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ । सम्मेलनमा हिन्दू धर्मको महŒव र नेपालको राष्ट्रिय पहिचानबारे प्रकाश पारिएको थियो ।

त्यस्तै, अभियानले चीनको बढ्दो क्षेत्रीय अतिक्रमण र इस्लामिक कट्टरपन्थीविरुद्ध निरन्तर आवाज उठाइरहेको छ । सम्मेलनमा यस्ता खतराबारेमा जनचेतना जगाउने र सोको सामना गर्ने रणनीति बनाउने विषयमा छलफल भएको थियो ।

सम्मेलनमा पार्थव सरकारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला तदर्थ समिति पनि गठन गरिएको छ । समितिको मुख्य उद्देश्य सप्तरी जिल्लामा अभियानको प्रचारप्रसार र सङ्गठनलाई बलियो बनाउनु रहेको छ ।

सम्मेलनको समापनमा अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले अभियान नेपालको अखण्डता, संस्कृति र स्वाधीनताको रक्षा गर्न अभियान प्रतिबद्ध रहेको बताए । उनले समृद्ध र शक्तिशाली हिन्दू राष्ट्र निर्माण गर्न अथक प्रयास जारी रहने बताए । उनले अभियानको उद्देश्य देशलाई कमजोर हुन नदिने रहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।