विन्ध्यवासिनी गापामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २० मङ्सिर/
लामो प्रयासपछि विन्ध्यवासिनी गापामा बुधवारदेखि औपचारिकरूपमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ ।

वडा नं ४ अमरपट्टिमा प्रदेश सरकार तथा स्थानीय सरकारको लगानीमा नवनिर्मित भवनमा सो प्रयोगशालाको उद्घाटन भएको हो । निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले प्रयोगशालाको उद्घाटन गरेका थिए ।

वडाध्यक्ष अनोज चौरसियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद जनार्दनसिंह क्षत्री, श्याम पटेल, ओमप्रकाश शर्मा, गापाध्यक्ष प्रमोद तिवारी, पालिका सदस्य अशोक गुप्ता, प्रयोगशाला इन्चार्ज उमाकान्त ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेश सरकारले निश्शुल्क उपलब्ध गराएका उपकरणबाट सस्तो मूल्यमा ५४ प्रकारका विभिन्न स्वास्थ्य परीक्षण हुने बताइएको छ ।

गत आर्थिक वर्षमा नै प्रदेश सरकारले आधुनिक परीक्षण उपकरण आठवटा जिल्लाका स्थानीय तहहरूलाई उपलब्ध गराएको थियो ।

गत आर्थिक वर्षमा नै सञ्चालन हुनुपर्ने यो प्रयोगशाला भौतिक पूर्वाधारको कमी तथा आपसी खिंचातानीले सञ्चालनमा आउन सकेन । बल्ल सहमति जुटेपछि आजदेखि आधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।