नागरिक बचाउ अभियानद्वारा पर्सागढीमा प्रदर्शन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

बलिराम शुक्ला, बिरुवागुठी, २० मङ्सिर/
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बुधवार पर्सागढी नगरपालिकामा -याली निकालेको छ ।

मनवाबजारबाट निस्किएको -याली बडनिहार बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा अभियानका पर्सा संयोजक राजेन्द्र परियारले विभिन्न लघुवित्त तथा बैंकहरूले गाउँघरका सोझा महिलाहरूलाई समूहमा आबद्ध गराइ चर्काे ब्याजदरमा ऋण दिएर शोषण गरेको आरोप लगाए । उनले ऋण लिएका महिलाहरू अहिले ऋण तिर्न नसकेर ‘घरको न घाटको’ अवस्थामा पुगेको बताए । परियारले सरकारले रु २० लाखसम्मको ऋण मिनाहा गर्नुपर्ने धारणा राखे ।

अभियानका नवराज दुलालले लघुवित्त, बैंक तथा सहकारीलाई सरकारले सरकारीकरण गर्नुपर्नेमा जोड दिए । उनले लघुवित्तहरू गाउँघरमा छिरेर जनतालाई सुकुमबासी बनाएको आरोप लगाए । कार्यक्रममा बलराम पासवान, भगवान साहलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।