सिम्रौनगढका विद्यालयहरू बिहीवारदेखि बन्द हुने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सिम्रौनगढ, २० मङ्सिर/
सिम्रौनगढ नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय भोलि बिहीवारदेखि बन्द हुने भएका छन् । विगत ५१ दिनदेखि तलबको माग गर्दै सिम्रौनगढ नगरपालिका अन्तर्गतका करार, अस्थायी, ज्यालादारी कर्मचारी र शिक्षकहरू आन्दोलन गर्दै, धर्ना दिंदै आएका थिए । पूर्वघोषित कार्यक्रम अनुसार आज शिक्षकहरूले नगरपालिका अन्तर्गतका विद्यालयमा तालाबन्दी गरी साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनरायणप्रसाद यादवलाई बुझाएका छन् ।

विगतका धर्नामा प्रत्येक विद्यालयबाट एकजनाको प्रतिनिधित्व हुनेगरी धर्ना दिंदै आएकामा भोलिदेखि नपाभरिका सामुदायिक विद्यालय बन्द गरी सम्पूर्ण शिक्ष्Fक धर्नामा बस्ने शिक्षक सङ्घका नगरअध्यक्ष उमाशङ्करप्रसाद यादवले बताए । सिम्रौनगगढ नपा अन्तर्गत पाँचवटा मावि विद्यालयसहित ३२ वटा विद्यालय छन् । जसमा शिक्षक, बालविकास र विद्यालय कर्मचारीहरूसहित १९० जना कार्यरत छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।