मोटरसाइकल दुर्घटनामा एकजना भारतीय नागरिकको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, २० मङ्सिर/
पर्साको जीराभवानी गाउँँपालिकामा हिजो मङ्गलवार साँझ मोटरसाइकल दुर्घटनामा परी एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

जीराभवानी गाउँँपालिका वडा नं १ मा पर्ने हुलाकी सडकखण्डको ललितपुर गाउँनजीक हिजो बेलुकी ७ बजे बीआर २२ एजे ७७८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हँुदा भारत बिहार बैरिया गाउँ बस्ने वर्ष ४२ का रामजी ठाकुरको गएराति उपचारको क्रममा मृत्यु भएको प्रहरी चौकी महादेवपट्टिका प्रहरी सहायक निरीक्षक नन्दलाल साहले जानकारी दिए ।

ठाकुरको शव शल्यपरीक्षणको लागि वीरगंजको नारायणी अस्पतालमा राखिएको र मोटरसाइकल प्रहरी चौकी महादेवपट्टिको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।