बहुभाषामा प्रदर्शन हुँदै ‘हिटम्यान’

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

गण्डकी, २० मङ्सिर/रासस
नेपाली कलाकार अभिनीत तेलुगु फिल्म ‘हिटम्यान’ नेपाली, हिन्दी, अरबी, तमिल, चिनियाँलगायतका भाषामा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

बुधवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्देशक एवं अभिनेता विष्णु अधिकारीले आगामी फेब्रुअरीदेखि फिल्म विश्वव्यापी प्रदर्शन हुने जानकारी दिए ।

प्रदर्शनको मिति भने केही दिनपछि तय हुने उनले बताए । फिल्ममा अधिकारीसँगै आँचल शर्मा, प्रशान्त ताम्राकार र मिलन सिजापतिलगायत कलाकारको अभिनय रहेको जनाइएको छ । फिल्मको कथा पनि अधिकारीले नै लेखेका हुन् । दक्षिण भारतीय शैलीमा बनेको फिल्ममा नेपाल र भारतबीचको अन्तरसम्बन्धलाई देखाउन खोजिएको निर्देशक अधिकारीले बताए ।

फिल्मले काठमाडौं र पोखराको सौन्दर्यलाई प्रस्तुत गर्ने उनको भनाइ छ । नेपाल, भारत, दुबई, श्रीलङ्का र फ्रान्समा फिल्मको छायाङ्कन गरिएको अधिकारीले बताए । ९९ सिनेमाजको ब्यानरमा बनेको फिल्मको निर्माता दीपक अधिकारी र सहनिर्माता सन्नी लावती रहेका छन् । उक्त फिल्मलाई ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा समेत प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।