प्रस, वीरगंज, १९ मङ्सिर/
जनता समाजवादी पार्टी, पर्साको विवाद सम्बन्धमा सो पार्टीको मधेस प्रदेश समितिले निर्णय गरेको छ । प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले यही मङ्सिर ८ गते रामकुमार यादवको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले पर्सा र सप्तरीको हकमा निर्णय गरेको बताएका छन् ।
उनले पर्साका रामनरेश यादव अध्यक्ष रहेको जसपा नेपाल जिल्ला कार्यसमिति र सप्तरीमा केदारप्रसाद यादव नेतृत्वको जिल्ला कमिटीलाई वैधानिकता प्रदान गरेका छन् । सोविपरीत गठन भएको कमिटीलाई विधानविपरीत भन्दै त्यस्तो कमिटीमा नलाग्न कार्यकर्ताहरूलाई निर्देशन पनि गरेका छन् ।
पर्सा जिल्लामा बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीको अध्यक्षतामा समानान्तर कमिटी गठन भएको थियो । यो कमिटीलाई जसपाका प्रमुख सचेतक सांसद प्रदीप यादव र वीरगंज महानगरका प्रमुख एवं केन्द्रीय सदस्य राजेशमान सिंहको छत्रछाया थियो । यादव अध्यक्ष्F रहेको जिल्ला कमिटीमा भने प्रदेशमन्त्री सिंहासन साह कलवार, पूर्वमुख्यमन्त्री लालबाबूराउत गद्दीलगायतको छत्रछात्रा थियो । विवादलाई मत्थर गर्न मधेस प्रदेश कमिटीले अनुगमन समिति बनाएको थियो तर त्यसले काम नगर्दै अध्यक्ष रामकुमार यादवको अध्यक्ष्Fतामा बसेको मङ्सिर १७ गतेको बैठकले रामनरेश यादव नेतृत्वको पुरानो जिल्ला कमिटीलाई वैधानिकता प्रदान गरेको हो ।