तीनवटा ट्याक्टर नियन्त्रण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गयाही खोलाबाट अवैधरूपमा गिट्टी, बालुवाको ओसारपोसार गर्ने तीनवटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले नियन्त्रणमा लिएको छ ।

ना.४त ६२४६, ना.६त ७३५५ र ना.५त ५०५२ नम्बरका तीनवटा ट्याक्टरलाई इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरी र प्रहरी चौकी मानवाको टोलीले मङ्गलवार बिहान खोलाबाट नियन्त्रणमा लिएको हो । तीनवटै ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना तिराउन पर्सागढी नगरपालिकाको राजस्व शाखामा पठाएको प्रनि केशरीले बताए ।

ट्याक्टर चालकले बडनियारका दाहाल बाजे, तपसी पटेल र बालेश्वर यादवको उक्त ट्याक्टर रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।