बलिराम शुक्ला, बिरुवागुठी, १९ मङ्सिर/
पर्सागढी नगरपालिका–१ जनता सडकसँग जोडिएको कोइलाभार प्रवेशद्वारदेखि कोइलाभार मन्दिर जाने बाटोको कालोपत्रको निरीक्ष्Fण गरिएको छ ।
पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईलगायत प्राविधिक टोलीले कालोपत्र भएको सो सडकको निरीक्ष्Fण गरेको हो ।
पर्सागढी नपाको चालू आर्थिक वर्ष २०८०/८१ को नगरस्तरीय भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कोइलाभार प्रवेशद्वारदेखि कोइलाभार मन्दिर जाने पौने दुई किलोमिटर सडकमा कालोपत्र गरिंदैछ ।
रु दुई करोड १९ लाख २८ हजारको लागतमा निर्माण व्यवसायी जिएस थोकर/गोविन्द ज्वाइन्ट भेन्चरले सम्झौता गरेको छ ।
निरीक्षणको क्रममा देखिएका कमीकमजोरीलाई सुधार गरी प्राविधिक लगत अनुसार गुणस्तरीय कार्य गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए । वडाध्यक्ष राजकपूर खवास थारू, पर्सागढी नपा प्राविधिक शाखाका प्रमुख इन्जिनीयर जङ्गविजय साह, प्राविधिक धीरेन्द्रप्रसाद यादवलगायतले निरीक्षण गरेका थिए ।