प्रस, परवानीपुर, १९ मङ्सिर/
‘सीप सिकौं, रोजगार गरौं’ नाराका साथ ४५ दिने (९० घण्टे) सिलाइकटाइ तालीम मङ्गलवार सहभागीहरूलाई प्रमाणपत्र वितरण गरी समापन भएको छ ।
वीरगंज महानगरपालिका २५ नं वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र, वीरगंजको आयोजनामा सो तालीम समापन भएको हो । तालीम समापन कार्यक्रममा वडाध्यक्ष आशुतोष चतुर्वेदीले आफ्नो वडाका महिलाहरूको क्षमता विकाससँगै आर्यआर्जनमा टेवा पुग्ने उद्देश्यले तालीम आयोजना गरिएको बताए ।
कार्यक्रममा वडा सचिव हरेराम चौधरी, महिला वडा सदस्य फुलेनिया देवी, तेतरी देवी, जगदीश साह तुरहा, बँका पटेल, प्रशिक्षक राधा चौधरी, सहायक प्रशिक्षक लक्ष्मी शर्मालगायत तालीममा सहभागी ३० जना महिलाको सहभागित थियो ।
सरिता सीप कला केन्द्र, वीरगंजकी अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।