मुटुको ढुकढुकी तीव्र हुनुको कारण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

आजको समयमा मुटुको रोग बढ्न थालेको छ । प्रायः चलचित्रमा मुटुको ढुकढुकी तीव्र हुनु प्रेमको अनुभूति बताइन्छ तर वास्तविक जिन्दगीमा विपरीत हुन्छ । यो प्रेमको अनुभूति नभई गम्भीर समस्याको सङ्केत हुन सक्छ । यस रोगलाई एट्रियल फिब्रिलेशन भनिन्छ । यो मुटुको ढुकढुकीसँग सम्बन्धित रोग हो, जुन आज लाखौं व्यक्तिलाई प्रभावित गरिरहेको छ ।

एट्रियल फिब्रिलेशन एउटा गम्भीर स्थिति हो । यसमा व्यक्तिको मुटुको ढुकढुकी अचानक तीव्र हुन्छ, यद्यपि हृदयघात हुँदैन तर स्थिति निकै गम्भीर हुन सक्छ र रोगीलाई पेसमेकरसम्म लगाउनुपर्छ । मुटुको माथिल्लो च्याम्बरमा इलेक्ट्रिल इम्पल्समा बाधा आएपछि यस्तो हुन्छ ।

सरल भाषामा भन्नुपर्दा स्वस्थ मुटुमा इलेक्ट्रिकल सिग्नल हार्ट बिटलाई नियन्त्रित गर्छ । यो सिग्नल सिनोट्रियल (एसए) नोडमा पैदा हुन्छ, एट्रियल फिब्रिलेशनमा यो इलेक्ट्रिक सङ्केत गडबड हुन्छ र एट्रियल यानी मुटुको माथिल्लो भाग खुम्चिनुको सट्टा काम्न थाल्छ, जसबाट मुटुको ढुकढुकी अचानक बढ्छ । यस समस्याको कारण रक्तसञ्चार मुटुको हरेक चेम्बरमा सही तरीकाले हुन सक्दैन, जसबाट हृदयघात, कार्डियक अरेस्ट, स्ट्रोक र मुटुका अन्य समस्याको खतरा कैयौं गुना बढ्छ ।

लक्षणः ढुकढुकी तीव्र हुनु, थकान, चक्कर लाग्नु, बेहोश हुनु, सास फेर्न समस्या, ढुकढुकी गुम्नु, छाती दुख्नु, विना कुनै लक्षणको रोग लाग्नु ।

कारणः मधुमेह, बढी वजन, बढ्दो उमेर, रक्सी र धूमपान, फोक्सोसम्बन्धी रोग, मुटुसम्बन्धी रोग, बढी कैफिन सेवन, थाइरायड, स्लिप एपनिया ।

कसरी जोगिनेः मुटुमाथि निगरानी राख्ने, स्वस्थ आहार, नून, ट्रान्स फैट र चिनीलाई सीमित गर्ने, फल, तरकारी र साबुत अन्नले भरिपूर्ण सन्तुलित आहार लिने, व्यायाम गर्ने, तनाव हुन नदिने, पानी धेरै पिउने, अल्कोहल र कैफिनबाट बच्ने, सात–आठसम्म घण्टा सुत्नुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।