मानव शरीरको पाँच इन्द्रियमध्ये सबैभन्दा महŒवपूर्ण इन्द्रीय हो– आँखा । रेटिना एउटा कोमल परत हो र यसले हामीलाई दुनियाँका विभिन्न वस्तु हेर्न मदत गर्छ । बदलिंदो जीवनशैली र स्वास्थ्यलाई बेवास्ता गर्दा रेटिना र आँखासम्बन्धी रोग बढ्छ ।
रेटिना के हो ? रेटिना हाम्रो आँखाको पछाडि भित्री भागमा मौजुद एउटा परत हुन्छ, जुन क्यामराको फिल्मजस्तो काम गर्छ । यसमा थुप्रै फोटोरिसेप्टर कोशिका हुन्छन्, जसले प्रकाशको किरणलाई समात्छ र मस्तिष्कसम्म पठाउँछ । मस्तिष्कले यसलाई एउटा छविसरह बुझ्छ र यसैबाट हामी वस्तुलाई हेर्छौं । आँखाको निकै गम्भीर रोग रेटिनामा खराबीको कारण हुन्छ । मधुमेह, सेन्ट्रल होल र उमेरसँग सम्बन्धित रेटिनल डिजनरेशन जस्ता रोगले रेटिनल कोशिकामाथि प्रभाव पार्छ र त्यसलाई नोक्सान पु¥याउँछ र अन्धोपनको कारण बन्छ । कैयौं समस्याका कारण रेटिना सुन्निन्छ, जसलाई मैक्युलर एडिमा भनिन्छ ।
मैक्युलर के हो ? मैक्युलर एडिमा तब हुन्छ, जब मैक्युलामा असामान्य तरल पदार्थ जम्मा हुन्छ, जसबाट यो सुन्निन्छ । हाम्रो रेटिनाको मध्यभागलाई मैक्युला भनिन्छ । अधिकांश फोटोरिसेप्टर मैक्युलामा नै हुन्छ । मैक्युलाको कारण हामी नजीक र टाढाको कुरा राम्ररी हेर्न सक्छौं । मैक्युला सुन्निने वा तरल पदार्थ जम्मा हुने वा छिद्र अथवा झिल्लीबाट प्रभावित हुन सक्छ । कहिलेकाहीं मैक्युलामा रगत पनि जम्मा हुन्छ । यदि समयमा यसको उपचार गरिएन भने यी सबै मैकुलर रोगले हाम्रो दृष्टिलाई स्थायीरूपले नोक्सान पु-याउन सक्छ ।
मैक्युलर रोगका लक्ष्Fणः मैक्युलर रोगको सामान्य लक्षण भनेको पढ्न कठिनाइ, केन्द्रीय धमिलोपन, बीचमा कालो धब्बा, दृष्टि कम हुनु वा सोझो रेखा बाङ्गो देखिनु, तीव्र प्रकाशमा हेर्न समस्या यसको लक्षण हुन सक्छ । मैक्युलर रोग लक्षणविना पनि हुन सक्छ ।
कारणः मैक्युलर रोगको अलग–अलग कारण हुन सक्छन् । मैक्युलर एडिमाको सबैभन्दा सामान्य कारण मधुमेह हो । मैक्युलर रोग त्यस्ता व्यक्तिलाई पनि हुन सक्छ, जसको परिवारमा खराब दृष्टिको इतिहास हुन्छ । यसको अलावा निम्नलिखित कारणबाट पनि मैक्युलर रोग हुन सक्छः आँखामा चोट, ट्युमरको प्रभाव, केन्द्रमा खिचावको प्रभाव, केन्द्रमा छिद्र, आनुवंशिक विकार, मोतीबिन्दु वा ग्लुकोमा शल्यक्रियापछि सुन्निदा पनि यो रोग लाग्न सक्छ ।
उपचारः यदि कसैलाई मैक्युलर रोग हुन्छ भने भविष्यमा हुने समस्याबाट बच्नको लागि यसको समयमा उपचार गर्न सकिन्छ । मैक्युलामा असामान्य रक्तवाहिकाको उपचार हुन्छ । मैक्युलर एडिमाको लागि प्रचलित सबैभन्दा सामान्य उपचार इन्ट्राविट्रियल इन्जेक्शन हो । यदि सुजन केन्द्रीय क्षेत्रलाई प्रभावित गरिरहेको छैन भने फोकल लेजरबाट यसको उपचार हुन्छ ।
इन्ट्राविट्रियल इन्जेक्शनः इन्ट्राविट्रियल इन्जेक्शन टफिकल एनेस्थिसियाको तहत आँखाको सेतो भागको माध्यमबाट लगाइन्छ र सल्लाह दिइन्छ कि कुनै प्रशिक्षित रेटिना विशेषज्ञबाट इन्ट्राविट्रियल इन्जेक्शन प्राप्त गर्ने । यदि तपाईंलाई मैक्युलर रोगको साथसाथै मोतीबिन्दु वा ग्लुकोमा पनि छ भने यसको उपचार एकसाथ वा रेटिनल रोग निको भएपछि गर्न सकिन्छ ।
फोकल लेजर उपचारः यस उपचारमा रक्तवाहिकाको फोकल लिकलाई निकै हलुको लेजर बर्नद्वारा सिल गरिन्छ । ध्यानपूर्वक चुनिएको फोकल मैक्युलर एडिमाको मामिलामा यस्तो गर्दा सुधार हुन सक्छ ।
विट्रोक्टोमी सर्जरीः मैक्युलर रोगको लागि सूक्ष्म शल्यक्रियालाई विट्रोक्टोमी भनिन्छ । यस शल्यक्रियामा आँखाको सेतो भागमा तीनवटा सानो छिद्र गरेर विट्रियसजेलीलाई हटाइन्छ । त्यसपछि सर्जन विभिन्न झिल्लीलाई हटाएर र लेजर गरेर मैक्युलर रोगलाई ठीक गर्छ । विट्रोक्टोमी शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा सुरक्षित हो र यदि समयमा यसबाट उपचार गराइयो भने राम्रो परिणाम पाइन्छ ।