हिमालयन डिस्टिलरीमा एमालेनिकट ट्रेड युनियन विजयी

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १८ मङ्सिर/
वीरगंज महानगरपालिका–१८ सुखचैनास्थित हिमालयन डिस्टिलरी प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमालेनिकट समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) विजयी भएको छ ।

प्रत्येक दुई वर्षमा हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाली काङ्ग्रेसनिकट नेपाल कारखाना श्रमिक सङ्घलाई ११ मतान्तरले पराजित गर्दै एमाले निकट समग्र उद्योग ट्रेड युनियन नेपाल विजयी भएको हो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा कुल १८२ मतमध्ये १८१ मत खसेको थियो । खसेको मतमा समग्र उद्योग ट्रेड युनियन नेपालले ९४ मत र नेपाल कारखाना श्रमिक सङ्घले ८३ मत प्राप्त गरेका थिए । मतगणनामा पाँच मत बदर भएको निर्वाचन सम्बन्धित कार्य गरेको श्रम तथा रोजगार कार्यालय, पर्साले जनाएको छ । निर्वाचनबाट समग्र उद्योग ट्रेड युनियन नेपालका ज्ञानेन्द्र पटेल निर्वाचित भएका हुन् ।

निर्वाचन परिणाम घोषणापछि आयोजित विजयसभामा समग्र उद्योग ट्रेड युनियन नेपाल, पर्साका अध्यक्ष आनन्द थामी, जिफन्ट मधेस प्रदेशका अध्यक्ष कमलेश झा, सचिव मुक्ति चौधरी, प्रदेश उपाध्यक्ष रामतपसी पटेलले बधाई तथा शुभकामना व्यक्त गरे । विजयसभाको सहजीकरण दीपक बाँस्कोटाले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।