अस्पताललाई बेन्च सहयोग

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, १८ मङ्सिर/
लुम्बिनी विकास बैंक लिमिटेड, गौर शाखाले सोमवार गौर आँखा अस्पताललाई तीनवटा स्टील बेन्च सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले अस्पतालमा आउने बिरामी र आफन्तको सहजताको निम्ति तीनवटा स्टील बेन्च उपलब्ध गराएको हो ।

गौर आँखा अस्पताल परिसरमा कार्यक्रम आयोजना गरी बैंकका शाखा प्रबन्धक सुबोध कोइरालाले अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरीलाई बेन्च हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रवीण बस्नेत, लेखा अधिकृत पवन न्यौपाने, बैंकका सहायक शाखा प्रमुख प्रवीणकुमार सिंहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।