२०८० मङ्सिर २० गते बुधवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
बजेट फुकुवाको प्रतीक्षामा प्रादेशिक कार्यालय
प्रस, वीरगंज, १९ मङ्सिर/ बारा तथा पर्सामा रहेका प्रादेशिक कार्यालयमा मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट निकासामा रोक लगाएपछि कर्मचारीहरू काम नपाएर दिनभरि घाम तापेर दिन बिताइरहेका छन् । चालू आर्थिक वर्षमा शीर्षकसहितको बजेट मातहतका कार्यालयहरूमा पठाए पनि फुकुवामा रोक लगाएका कारण प्रादेशिक कार्यालयबाट अहिलेसम्म कुनै काम हुन सकेको छैन । बारा र पर्सामा […]
श्रीसिया नदी पुनः प्रदूषित हुन थाल्यो
प्रस, वीरगंज, १९ मङ्सिर/ श्रीसिया नदी छठपछि पुनः प्रदूषित भएको छ । छठको बेला श्रीसिया नदी प्रदूषण गर्ने उद्योगहरूले एक साताको लागि कारखानाको फोहर नदीमा नफालेपछि नदी सफा भएको थियो । तर छठ सकेसँगै नदी आसपासमा रहेका उद्योगहरूले कारखानाका प्रदूषित पानी नदीमा विसर्जन गर्न शुरू गरेपछि अहिले नदी पुरानै अवस्थामा प्रदूषित भएको छ । नगरप्रमुख […]
लालगढमा चारतारे होटल सञ्चालन
प्रस, परवानीपुर, १९ मङ्सिर/ मधेस प्रदेशकै प्रख्यात होटल बर्दिबासस्थित गौतम होटलका सञ्चालक हीरा गौतमले महोत्तरीमा अर्को चेन होटल सञ्चालनमा ल्याएका छन् । बर्दिबासको लालगढमा सुविधासम्पन्न चारतारे गौतम होटल सञ्चालनमा ल्याइएको हो । गत शनिवार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ५० करोड लगानी रहेको सो होटलको उद्घाटन गरेका थिए । ४० वटा कोठा रहेको सो होटलमा […]
पकाहामैनपुर गापासँग सूचना माग गर्दै ज्ञापन
प्रस, वीरगंज, १९ मङ्सिर/ पकाहामैनपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत उदयशङ्कर चौधरीलाई स्थानीय राजनीतिक दलका नेताहरूले ज्ञापनपत्र बुझाएका छन् । मङ्गलवार जसपा नेपालका संसदीय परिषद् सदस्य शिवजी साह सोनी, जनमत पार्टीका गापा संयोजक फणिन्द्रप्रसाद चौहान, एमालेका गापा उपाध्यक्ष नवल पटेललगायतले प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई ज्ञापनपत्र बुझाउँदै २०७९ वैशाखदेखि हालसम्मको लेखापरीक्षण प्रतिलिपिलगायतका विषयमा सूचना माग गर्दै […]
यादव नेतृत्वको जसपा, पर्सालाई वैधानिकता
प्रस, वीरगंज, १९ मङ्सिर/ जनता समाजवादी पार्टी, पर्साको विवाद सम्बन्धमा सो पार्टीको मधेस प्रदेश समितिले निर्णय गरेको छ । प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले यही मङ्सिर ८ गते रामकुमार यादवको अध्यक्षतामा जनकपुरमा बसेको बैठकले पर्सा र सप्तरीको हकमा निर्णय गरेको बताएका छन् । उनले पर्साका रामनरेश यादव अध्यक्ष रहेको जसपा नेपाल जिल्ला कार्यसमिति र […]
पर्सागढी नपाद्वारा कालोपत्र सडकको निरीक्षण
बलिराम शुक्ला, बिरुवागुठी, १९ मङ्सिर/ पर्सागढी नगरपालिका–१ जनता सडकसँग जोडिएको कोइलाभार प्रवेशद्वारदेखि कोइलाभार मन्दिर जाने बाटोको कालोपत्रको निरीक्ष्Fण गरिएको छ । पर्सागढीका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराईलगायत प्राविधिक टोलीले कालोपत्र भएको सो सडकको निरीक्ष्Fण गरेको हो । पर्सागढी नपाको चालू आर्थिक वर्ष २०८०/८१ को नगरस्तरीय भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कोइलाभार प्रवेशद्वारदेखि कोइलाभार मन्दिर जाने […]
तीनवटा ट्याक्टर नियन्त्रण
प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/ पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गयाही खोलाबाट अवैधरूपमा गिट्टी, बालुवाको ओसारपोसार गर्ने तीनवटा ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले नियन्त्रणमा लिएको छ । ना.४त ६२४६, ना.६त ७३५५ र ना.५त ५०५२ नम्बरका तीनवटा ट्याक्टरलाई इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरी र प्रहरी चौकी मानवाको टोलीले मङ्गलवार बिहान खोलाबाट नियन्त्रणमा लिएको हो । तीनवटै […]
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित
प्रस, रौतहट १९ मङ्सिर/ रौतहट जिल्लास्थित इलाका प्रशासन कार्यालय, गरुडामा लामो समयदेखि कार्यालय प्रमुख नहुँदा कार्यालयको कामकाज प्रभावित हँुदैै आएको छ । गृह मन्त्रालयले इप्रका, गरुडाको कार्यालय प्रमुखमा शाखा अधिकृत वा निमित्त प्रमुखको नयाँ व्यवस्था नगर्दा एक महीनादेखि सेवा प्रभावित हँुदै आएको सेवाग्राहीहरूको गुनासो रहेका छन् । निमित्त कार्यालय प्रमुख नायब सुब्बा रामस्वार्थ राय यादवको […]
पटेर्वासुगौलीमा महिला स्वास्थ्य स्वयंसेविका दिवस
प्रमोद यादव, पंचगावाँ, १९ मङ्सिर/ पटेर्वासुगौली गाउँँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित २०औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवस महिला स्वास्थ्य स्वयंसेविकाहरूले मनाएका छन् । ‘स्वास्थ्य क्षेत्रमा दिगो विकासः महिला स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ नाराका साथ गापा अध्यक्ष दिनेशकुमार चौधरीको प्रमुख आतिथ्य र उपाध्यक्ष ममता महतोको अध्यक्षतामा दिवस मनाइएको हो । कार्यक्रममा गापाका स्वास्थ्य शाखा प्रमुख भुजेन्द्रप्रसाद […]