कोल्हवीमा भीषण आगलागी, सप्रनाउको ज्यान जोगियो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, १७ मङ्सिर/
सशस्त्र प्रहरी सुुरक्षा बेस नेपाल, विपत् व्यवस्थापन निजगढका प्रमुुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश शर्माले पुुनर्जीवन पाएका छन् । कोल्हवी नगरपालिका–२ निकासस्थित खेतमा रहेको परालको ठूलो कुुन्यूमा लागेको आगो निभाउन निजगढ बेसका सशस्त्र प्रहरी टोली, वारुणयन्त्रसहित घटनास्थल पुुगेका सप्रनाउ शर्मा खेतमा रहेको गोबरग्याँसको टङ्कीमा डुुब्न पुुगेका थिए ।

निजगढ नगरपालिका–७ लच्काका स्थानीय गोपाल रिसाल आइतवार दिउँसो कामविशेषले कोल्हवी जाने क्रममा घटनास्थलमा पुुगेपछि आगलागीको जानकारी मोबाईलद्वारा निजगढ बेसका सप्रनाउ शर्मालाई दिएका थिए । त्यसपछि सप्रनाउ शर्माले रिसाललाई आफू आगलागी भएको स्थानमा आइसकेको हात हल्लाएर सङ्केत गरेका थिए । त्यतिखेर उनी गोबरग्याँसको टङ्कीमा डुबिसकेका थिए र उनलाई रिसाललगायत अन्य व्यक्तिहरूले उद्धार गरेका थिए ।

उद्धारपछि सप्रनाउ शर्माको प्रतिक्रिया थियो, बाँच्न लेखेको रहेछ अनि मात्र बाँचें । त्यसपछि उनले सम्झँदै भने– तीनपटक युद्धग्रस्त मुुलुुक सुडानमा मिशन सफल बनाएर आएँ । तत्कालीन सशस्त्र माओवादी युुद्धमा पिलीमा खटेको थिएँ तर केही पनि भएन । २०६२/६३ को दोस्रो जनआन्दोलनमा काठमाडौंमा थिएँ, केही भएन । मधेस आन्दोलनताका जनकपुुरमा कार्यरत रहँदा पनि केही भएन । तर आज आगो नियन्त्रण गर्ने क्रममा एकाएक गोबरग्याँसको टङ्कीमा डुुब्दा अचम्मित हुुन पुुगें, उनले भने ।

आगो नियन्त्रण गर्ने ध्याउन्नमा खेतमा रहेको गोबरग्याँसको टङ्की भएको भेउ नै पाउन नसक्दा झन्डै ज्यानै गएको उनले घटना सम्झँदै भने । परालमा आगो लागेकोले बस्तीसम्म आगो आउन सक्ने भयसँगै कोल्हवी नगरपालिका र निजगढ नगरपालिकाका दुुईवटा वारुणयन्त्रले दिउँसो करीब ४ बजेदेखि लागेको आगोलाई राति ७ बजेसम्म नियन्त्रणमा लिने प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय कोल्हवीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।