पार्टीप्रति निष्ठावान्ले सम्मान पाउँछ –सांसद सिंह

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १४ मङ्सिर/
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद प्रकाशमान सिंहले पार्टीका निष्ठावान् कार्यकर्ताले सम्मान पाउने बताएका छन् ।

वीरगंजमा बिहीवार नेका, पर्साका दुई नेता स्व अशोक जयसवाल र जङ्गबहादुर कुर्मीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा उनले नेकाको लागि निष्ठापूर्वक लागेका व्यक्तिहरूका लागि पार्टीले पनि मूल्याङ्कन गर्दै आएको बताए । उनले नेकालाई हाम्रो र राम्रो पार्टीको रूपमा जनतासमक्ष स्थापित गर्न कार्यकर्ताहरूको भूमिका प्रभावकारी हुने र यस कार्यमा स्व जयसवाल र कुर्मीले भूमिका खेलेको बताए ।

नेका, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षत्रीले झोले काङ्ग्रेस बन्ने दिन समाप्त भएको र पार्टीका लागि आगामी दिनमा इमानदारी साथ दैनिक दुई घण्टा दिए पुग्ने बताए । आफूहरू २४ घण्टा पार्टीका लागि समर्पित भएपनि अबका युवाहरूले भने इमानदारीका साथ दुई घण्टा दिए पुग्ने बताए । उनले पार्टीका लागि वर्षभरि समर्पित हुने तर चुनावका बेला भने अन्यत्र जाने प्रवृत्ति रोकिनुपर्ने बताए । अध्यक्ष क्षत्रीले युवाहरू शिक्षाका साथै रोजगारमा लागेर पार्टीप्रति वफादार हुनुपर्ने सुझाए ।

स्व कुर्मीको वीरगंज–१४ पिपरा र स्व जयसवालको पार्टी कार्यालयमा भएको श्रद्धाञ्जलिसभामा केन्द्रीय सदस्य एवं सङ्घीइ सांसद अजयकुमार चौरसिया, राजन केसी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य अनिल रूँगटा, अजय द्विवेदी, प्रदेशसभा सदस्य श्याम पटेल, नेका, पर्साका उपसभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलमलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।