ट्याक्टर नियन्त्रणमा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, १४ मङ्सिर/
पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले भलुवाही खोलाबाट अवैध उत्खनन गरेर गिट्टी, बालुवा लोड गरेको कसूरमा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

भलुवाही खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि गापाले चालू आवमा ठेक्का लगाएको छ । तर ना.७त ६११८ नम्बरको ट्याक्टर बिहीवार बिहान इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले रोकी चेकजाँच गर्दा खोलाबाट नदीजन्य पदार्थको निकासी पुर्जी नभएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

ट्याक्टर, इप्रका, पटेर्वासुगौलीमा राखिएको र आवश्यक जरिवानाका लागि गापा कार्यालयमा पठाउने जिप्रका, पर्साले जानकारी गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।