प्रस, वीरगंज, १३ कात्तिक/
वीरगंज महानगर–१४ बहुअरी बस्ने महिमा खातुनको हत्याको आरोपमा उनका पति र सौता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
कात्तिक ४ गते राति ८ः४५ बजे वर्ष ४५ का एजहारूल हक अन्सारी कान्छी पत्नी वर्ष २८ की महिमा खातुनलाई छुरा प्रहार गरेर फरार भएका थिए । घरायसी विवादका कारण अन्सारीले महिमालाई कुटपिट गर्नुका साथै धारिलो चक्कूले छाती तथा पेटमा प्रहार गरेका थिए । गम्भीर घाइते र अचेत महिमालाई उपचारको लागि वीरगंज हेल्थ केयर अस्पताल पु-याइएको थियो । उनको उपचारको क्रममा कात्तिक ५ गते बिहान १०ः३० बजे मृत्यु भएको थियो ।
अन्सारीका दुईवटी पत्नी रहेका र कान्छी महिमा खातुनलाई घरायसी विवादका कारण ६५ वर्षीय ससुरा फजल करिम मियाँँ, ६३ वर्षीया सासू सरिफन खातुन र ३८ वर्षीया सौता नूरजहाँ खातुनसमेतले कुटपिट गरेका थिए । सोही क्रममा अभियुक्त एजहारूल हकले छुरा प्रहार गरेको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले एजहारूलकी जेठी पत्नी ३८ वर्षीया नूरजहाँ खातुनलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका दुवैजनालाई पर्सा जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको र ससुरा, सासूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।