भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

अमरावती, १३ कात्तिक/एएनआई

भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगरम जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भनिन्, “अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सातजनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।” यसअघि इस्ट कोस्ट रेलवेका सिपिआरओ विश्वजीत साहुले ट्र्याक पुनस्र्थापनाको काममा ध्यान दिइएको बताएका थिए ।

 “उद्धार कार्य अहिले सकिएको छ, हामीले फसेका यात्रीहरूका लागि बस र रेलको व्यवस्था गरेका छौं, १८ वटा रेल रद्द गरिएका छन् र २२ वटा रेलका मार्ग परिवर्तन गरिएका छन्, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौं,” उनले भने ।

उनले सामान्य घाइतेलाई नजीकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । “सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फसेका यात्रीहरूका लागि रेल र बसको व्यवस्था गरेका छौं, केही रेललाई रद्द र डाइभर्ट गरेका छौं, हामीले सहायता डेस्क स्थापना गरेर यात्रीहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौं,” उनले भने ।

 “हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टीमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्र्याक सफा गर्ने प्रयास गरिरहेका छन्,” उनले भने ।

आइतवार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रीवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीनवटा डिब्बा संलग्न रहेको बताए । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।