जब इन्फोसिसका संस्थापक नारायण मूर्तिले युवाहरूलाई सातामा ७० घण्टा काम गर्ने सल्लाह दिएपछि अहिले सामाजिक सञ्जालमा बहस हुन थालेको छ । कसैले उनको सुझावलाई बेतुक भन्दैछन् भने कसैले समर्थन गर्दैछन् । तर सातामा ७० घण्टा काम गर्दा स्वास्थ्यमाथि कस्तो असर पर्छ, त्यसबारे विज्ञहरूको सुझाव यस प्रकार छन् ः
केही चिकित्सकले ७० घण्टा काम गर्दा दिनचर्यासँग सम्बन्धित रोग हुन सक्ने बताएका छन् । युवाहरूलाई कडा मेहनतको साथै स्वस्थ आहार र पर्याप्त निद्रा चाहिन्छ । यसको अलावा उनीहरूले प्रतिदिन कसरत पनि गर्नुपर्छ । त्यस्तै, केही विज्ञहरूले भनेका छन–् एक सातामा ७० घण्टा काम गर्नुपर्ने नियमले उनीहरू बढी महत्वकाङ्क्षी हुनेछन्, तसर्थ परिणाम उत्कृष्ट बनाउन टीम मेम्बरबीच कामलाई बाँड्नुपर्छ । कुनै पनि कर्मचारीसँग बढी काम गराउनुहुँदैन, यसबाट उनीहरूको फिजिकल र साइकोलोजिकल कन्डिशनमाथि नराम्रो असर पर्छ ।
जब इन्फोसिसका फाउन्डर एनआर नारायण मूर्तिले हालै सुझाव दिएका थिए कि देशको उत्पादकत्व बढाउनको लागि युवाहरूले सातामा ७० घण्टा काम गर्नुपर्छ । सामाजिक सञ्जालमा केही व्यक्तिले ओभर वर्क कल्चरलाई बढावा दिन मूर्तिले दिएको सुझावको आलोचना गरेका छन् भने केहीले उनको प्रशंसा पनि गरेका छन् ।
दिल्लीका चिकित्सकले चेतावनी दिंदै भनेका छन्, बढी काम गर्दा कर्मचारीलाई मधुमेह, सर्वाइकल वा स्पोन्डिलाइटिसजस्ता लाइफस्टाइल रोगको शिकार हुन्छन् । कार्यालय वा घरमा रक्सी, धुम्रपान र जङ्क फूड खाँदा युवाहरूको स्वास्थ्यमाथि नकारात्मक असर पार्छ र उनीहरूको चिन्ता र दुःखलाई झनै बढाउँछ ।
दिल्लीको अपोलो अस्पतालमा इन्टरनल मेडिसिनका सिनियर कन्सल्टेन्ड डा सुरनजीत चटर्जीले पिटिआई–भाषासँग भने– कडा मेहनतको मतलब यो होइन कि तपाईं आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्नुस् वा सम्झौता गर्नुस् । हार्डवर्क गर्नु ठीक हो तर मान्छेले आफ्नो चाहनाको साथसाथै स्वास्थ्यको पनि ध्यान राख्नुपर्छ । यसैले पोषक खानेकुरा, निद्रा र समयमा कसरतको साथ सन्तुलन मिलाएर राख्नुपर्छ ।