छ महीनाका बालबालिकालाई आमाको दूध मात्र दिनुपर्छ । छ महीनापछिका बालबालिकालाई दालको पानी, जाउलो खुवाउन सकिन्छ । बच्चालाई शुरूमा हलुका खानेकुरा दिनुपर्छ किनभने यिनीहरूको पाचन क्षमता कमजोर हुन्छ । तर केही अभिभावकले एक वर्षभन्दा कम उमेरका बालबालिकालाई चिप्स, चकलेटलगायतका खानेकुरा दिन्छन् । जब बच्चाले नयाँ खानेकुरा खान थाल्छन्, तब अभिभावक खुशी हुन्छन् । तर यस उमेरका बालबालिकालाई नून वा चिनी खान दिनुहुँदैन । यसले उनीहरूको स्वास्थ्यमाथि निकै असर पार्छ । एक वर्षभन्दा कम उमेरका बालबालिकालाई चिनी र नून खान दिनुहुन्छ भने भविष्यमा उनीहरूलाई गम्भीर रोग लाग्न सक्छ । यस सम्बन्धमा बालरोग विशेषज्ञ डा पवन मन्डावियाले बताएका छन्ः
मिर्गौलाको प्रक्रिया प्रभावित हुन्छः यदि तपाईंले पनि आफ्ना ससाना छोराछोरीलाई खानामा बढी नून खुवाउनुहुन्छ भने यसले मिर्गौलामा नराम्रो असर पार्छ । बढी नून खाएपछि शरीरमा नूनको स्तर बढ्छ, बच्चाको मिर्गौला नून बाहिर निकाल्न अक्षम हुन्छ । यस प्रकार उनीहरूको मिर्गौलामा दिनदिनै दबाब बढ्छ र एक समयपछि मिर्गौलासँग सम्बन्धित रोगको कारण बन्न सक्छ । साथै बढी नून खुवाउँदा उनीहरूको शरीरमा सोडियमको स्तर बढ्न सक्छ र पथरीलगायतका समस्या हुन्छन् ।
उच्च रक्तचापः यदि बालबालिकालाई बढी नून खुवाउनुहुन्छ भने उनीहरूलाई रक्तचापको समस्या हुन सक्छ । यस उमेरमा उनीहरूलाई शारीरिक समस्या नभए पनि विशेषज्ञका अनुसार पछि गएर उनीहरूलाई उच्च रक्तचापको समस्या हुन्छ ।
शरीर डिहाइडे«टः जुन बच्चाको शरीरमा धेरै नून हुन्छ, उनीहरूलाई बढी पसिना र पिसाब आउने समस्या हुन्छ । जसले गर्दा शरीरबाट पानीको मात्रा निकै बढी निस्किन्छ र डिहाइडे«टको समस्या हुन्छ ।