ठोरीको हुलाकी सडकका विभिन्न स्थानमा सिसिटिभी जडान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, १२ कात्तिक/

ठोरी गाउँँपालिकाले गापा अन्तर्गत हुलाकी सडकखण्डका विभिन्न स्थानमा सिसिटिभी जडान गरेको छ ।

सिसिटिभी जडान भएपछि दुर्घटनाको वस्तुस्थिति बुझ्नका साथै शान्ति सुरक्षामा सहयोग पुग्ने गापा अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।

उनले सम्भावित दुर्घटनाका क्षेत्रहरूमा जडान गरिएका सिसिटिभीले पालिकाभित्रका सडकको गतिविधि र दुर्घटनाको सत्यता पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सिसिटिभीले सडकमा दुर्घटना गरेर भाग्ने, पसलहरूमा चोरी गर्ने, अमानवीय घटना गर्नबाट जोगाउन सक्ने उनको भनाइ छ ।

ठोरी गापा–१ को सरस्वती चौकी, चौतारा, भगवाननगर, वडा नं २ को भन्सार चोक, इलाका प्रहरी कार्यालय, ठुठे खोला, वडा नं ३ को रामनगर, बुधनगर ओडार प्रहरी चौकी, ब्रह्मनगर, वडा नं ४ को निर्मलबस्ती, मिलचोक, विशालचोक, विजयबस्ती, वडा नं ५ को सुवर्णपुरचोक र बागमोर्चा पुलमा सिसिटिभी जडान गरिएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा ठोरी गापाका प्रत्येक टोलमा सिसिटिभी जडान हुने बताए । सिसिटिभीमा कैद हुने गतिविधि पालिकाबाट निगरानी गर्न सकिने र ठोरीमा रहेको प्रहरी कार्यालयले पनि मोबाइलमा हेर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।