सर्पदंशबाट विश्रामपुरमा वृद्धको मृत्यु

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, ९ कात्तिक/

सर्पदंशबाट पर्सामा एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ७५ वर्षीय दरोगा राउत कुर्मी रहेका छन् ।

गत अष्टमीको राति १२ः३० बजे उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उनको मृत्यु भएको थियो । सोही राति ८ः३० बजे छिमेकी रमेश कलवारको घरमा निस्केको सर्पलाई समात्न जाँदा सर्पले उनलाई टोकेको थियो । कुर्मी गरुड वर्ण भएको भन्दै यसअघि पनि घरमा निस्किने सर्पलाई समातेर बाहिर फाल्ने गर्थे ।

सर्प निस्किएको थाहा पाएपछि कलवार परिवारले उनलाई बताएपछि सर्प समात्न खोज्दा उनको बायाँ हातमा सर्प बेरिएर बसेको थियो । सार्वजनिक बिदाका कारण राति उनलाई अस्पताल ल्याउन ढिला भएको र अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।

उनको मृत्यु भएपछि वडाध्यक्ष एवं नगरप्रमुखले बेवास्ता गरेको आरोप लगाइएको छ । निकै गरीब परिवारका कुर्मीका दुईजना छोरा र पत्नी छन् । उनको ११ धुर जग्गाबाहेक अरू केही नहुँदा उनको काजक्रिया गर्न पनि समस्या भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।