पर्सामा विराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ९ कात्तिक/

वीरगंज महानगरपालिका–१६ नगवामा बौधीमाई महानवमी मेला २०८० तथा विराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अनिल रूँगटाले देशविदेशमा कुश्ती प्रतियोगिता आयोजना भइरहेकामा खेलाडीहरूलाई अझ राम्रो ढङ्गले प्रदर्शन गर्न शुभकामना दिए ।

नेपाली काङ्ग्रेस, पर्साका उपसभापति रामनारायण कुर्मीले कुश्ती खेलले युवाहरूमा सामूहिक भावना र सकारात्मक सोचको विकास गर्ने बताए । उनले कुश्ती खेलाडीहरूले सरकारी संरक्षण नपाएका कारण यो खेल लोप हुँदै गएको बताए । उनले मेलाको बेला आयोजकले दिने पुरस्कारको सीमित रकम र दर्शकबाट प्राप्त हुने उपहारबाहेक आम्दानीको अर्काे स्रोत नरहेका कारण यस खेलप्रति रुचि घट्दै गएको बताए ।

वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमले कुश्ती दक्षिण एशियामा प्राचीनकालदेखि प्रचलनमा रहेको एक प्रतिस्पर्धात्मक खेल रहेको बताए । उनले कुश्तीमार्फत मधेसले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकूदमा आफ्नो परिचय दिइरहेको बताए । दक्षिण एशियामा कुश्तीको इतिहासलाई हेर्दा नेपालबाट नै यो खेल शुरू भएको दाबी गरे ।

कार्यक्रममा नेका क्षेत्रीय सभापतिहरू मोहम्मद सहाबुद्दीन, अनिल सिंह, सन्तोष सिंह, हरिन्द्र यादव, मिन्टु सिंह, बाबुनन्द पटेल, रामनिवास यादव, शेख हजरा, अमिरी पाललगायतको सहभागिता थियो ।

प्रस, पोखरिया/

नवदुर्गा पूजा समिति पोखरियाको आयोजनामा विराट दङ्गल कुश्ती प्रतियोगिता सम्पन्न भएको छ ।

मेला समितिका अध्यक्ष एवं वडाध्यक्ष लछुमनसाह कानूको अध्यक्षतामा भएको कुश्ती प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र चौधरी र नगरप्रमुख प्रद्युम्न चौहानले गरेका थिए ।

नेता चौधरीले पूर्वजहरूले खेल्दै आएको कुश्ती खेलको संरक्ष्Fण हुनुपर्ने बताए । उनले कुश्ती खेलबाट देशको नाम उच्च रहने भएकोले सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताए ।

कुश्ती प्रतियोगितामा टाइगर पहलवान, ठाकुर शैतान सिंह, गुन्डा चौधरी, नकाबपोस पहलवान, केशवदास वैरागी, मौसम अलि, महमद सलमान, भागवान दास, अयोध्या, सुमित साह, राज पहलवान, फजिल पहलवान, हजारी पहलवान तथा महिला पहलवानहरू आकाङ्क्षा कुमारी, नम्रता, ज्योतिले कुश्ती प्रदर्शन गरेका थिए ।

पूर्वनगरप्रमुख दीपनारायण रौनियार, नेजामुद्दीन समानी, शङ्कर यादव, ललन द्विवेदी, वडाध्यक्षहरूलगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत उपप्रमुख रूबी ठाकुर र सञ्चालन शैलेश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।