चीनद्वारा अन्तरिक्ष स्टेसनमा नयाँ मिसन प्रक्षेपण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

जिउक्वान, चीन, ९ कात्तिक/एएफपी

चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसन अन्तर्गत बिहीवार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा एउटा नयाँ दल पठाएको छ ।

चीनले उक्त मिसन अन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने योजना बनाएको छ ।

उत्तरपश्चिम चीनको जिउक्वान प्रक्षेपण स्थलबाट स्थानीय समय अनुसार बिहान ११ः१४ मा अन्तरिक्ष स्टेशनको निर्माणपछि सबैभन्दा कम औसत उमेर भएका तीन अन्तरिक्ष यात्री लिएर सेनझोउ–१७ उडेको थियो ।

बिहीवार बिहान बिदाइ समारोहमा अन्तरिक्ष यात्रीहरूले रकेट प्रक्षेपणको तयारीका लागि प्रस्थान गर्नुअघि पर्यवेक्षकहरूलाई बिदाइ गरेका थिए । “अन्तरिक्ष यान लङ्ग मार्च–२ एफ वाहक माथि रहेको उक्त रेकट उत्तरपश्चिम चीनको जिउक्वान सेटेलाइट सेन्टरबाट उडेको थियो,” चीनको सरकारी सिन्ह्वा समाचार समितिले बताएको छ ।

उक्त टोलीको नेतृत्व ताङ होङ्बोले गरिरहेका छन् । उनी अन्तरिक्ष स्टेशनमा आफ्नो पहिलो फिर्ती अभियानमा रहेका छन् । उनीसँगै ताङ सेङ्जी र जियाङ जिङ्लिन पनि रहेका छन् । यो उनीहरूको पहिलो अन्तरिक्ष अभियान हो । सबै पुरुष चालक दलको औसत उमेर ३८ वर्ष रहेको छ । अन्तरिक्ष स्टेशनको अभियानमा यिनीहरू सबैभन्दा कान्छा हुन् । रासस

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।