रेडक्रस दिवसमा स्वास्थ्य शिविर र रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १९ भदौ/

६१औं नेपाल रेडक्रस दिवसको अवसरमा मङ्गलवार वीरगंजमा निश्शुल्क स्वास्थ्य शिविर, पर्सागढी नगरपालिका र निजगढ नगरपालिकामा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।

दिवसको अवसरमा आज वीरगंजको गीतामन्दिरमा आयोजित निश्शुल्क स्वास्थ्य शिविरको नेरेसो पर्साका सभापति वीरेन्द्रराज कँडेलले उद्घाटन गरेका थिए भने मधेस प्रदेशका सभापति फूलमहमद मियाँले स्वास्थ्य परीक्षण गराएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नेरेसो माईस्थान उपशाखाका सभापति मदनप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा डा प्रमोद सर्राफ, डा नीरज सिंह, डा दीप्ति यादव र डा सागर सर्राफले ३५ जनाको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य परामर्श दिएका थिए ।

कार्यक्रममा शैलेन्द्रकुमार चौरसिया, साबिर अहमद एराज,  दिनानाथ रौनियार, दयाशङ्कर सिंह,  काशीप्रसाद साह, सन्तोष गुप्ता, उमेश गुप्ता, सन्तोष जायसवाल, ओमप्रकाश जैसवाल, मधुसूदन उपाध्याय, उत्तम प्याकुरेल, विक्की सर्राफ, ओम गुप्ता, प्रमोद गुप्ता, शिवजी साहलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण राजन श्रीवास्तवले गरेका थिए ।

पर्सागढी र निजगढमा रक्तदान

६१औं नेपाल रेडक्रस दिवसको अवसरमा आज पर्सागढी नगरपालिका, पर्सा र निजगढ नगरपालिका, बारामा नेरेसो उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए ।

पर्सागढी नगरपालिकामा नेरेसो पर्सागढी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रममा एकजना महिलासहित २५ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक धीरेन्द्र झाले बताए । उपशाखाका सभापति शेख जिकुरल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा गोमा पाण्डे, शिवकुमार थापा, लक्ष्मी साह, रविन गुरुङ, सञ्जय परियार, धीरज कुमार, रमेश तिमिल्सिना, विनोद मगर, सौकत हवारी, सञ्जीत धिताललगायतले रक्तदान गरेका थिए ।

यसैगरी, बाराको निजगढ उपशाखाका अध्यक्ष नारायणप्रसाद शर्माको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १० जना महिलासहित ६६ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए । विमाकुमारी ठाकुर, गङ्गा अधिकारी, एकता अधिकारी, सुस्मिता पाख्रिन, नारायण शर्मा, श्याम श्रेष्ठ, रामप्रसाद थापाललगायले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।